संकल्प मिडिया सेन्टरद्वारा संचालित

बादललाई यसरी थर्काए बाबुरामले, ‘हामी जनयुद्धबाट आएकै नेताले प्रकाण्डलाई यातना दिन मिल्छ ?’(भिडियो)

  •  
  •   ११ भाद्र २०७५, सोमबार
  •  

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदमा बाेल्दै गृहमन्त्री बादलकाे झाँकाे झारेका छन् ।

 
 
 
 
 
 
 
 
भट्टरार्इले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सरकारले पटक–पटक पक्राउ गरेर अनावश्यक दुख दिएकाे भन्दै सरकारकाे चर्काे अालाेचना गरेका छन् ।
संयोजक भट्टराईले अधिकार प्राप्तिको आन्दोलन गर्ने सबैको नैसर्गिक अधिकार हुने भन्दै नेकपासहितका शक्तिहरुसँग राजनीतिक व्यवहार गर्न पनि सरकारसँग माग गरे ।
प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले पञ्चायतकालको झल्को आउने गरी प्रकाण्डलाई अदालतले छोड्ने तर राज्यले पक्राउ गर्ने गरेको भन्दै त्यस्तो खालको व्यवहार कसैलाई पनि राज्यले गर्न नहुने पनि स्पष्ट पारे । संयोजक भट्टराईले प्रकाण्डले लिएको बाटोमा आफू सहमत हुन नसक्ने उल्लेख गर्दै उनीहरुको मुद्दालाई भने राज्यले बुझ्नै पर्ने स्मरण पनि गराए ।
आइतबारको संसद बैठकमा नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गृहमन्त्री रामबहादुर थापा र वर्तमान सरकारलाई पञ्चायती रवैया नदेखाउन चेतावनी दिए ।
कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद रेशम चौधरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई राज्यले गरेको व्यवहारले पञ्चायत कालको हस्को आएको भट्टराईको अभिव्यक्ति थियो ।
उनले लामो संघर्ष र आन्दोलनबाट आएका नेताहरू स्वयंले पञ्चायत भोगेको र त्यसका विरूद्ध लडेको स्मरण गराउँदै उनै नेताहरूको पञ्चायती पारा देख्दा अचम्म लागेको बताए ।
तात्कालिन माओवादीमा सँगै संघर्ष गरेका हालका गृहमन्त्री रामबहादुर थापा बादल तर्फ संकेत गर्दै बाबुरामले पञ्चायती पारा नदेखाउन सुझाव दिँदा बादलको हाउभाउ हेर्न लायक थियो ।
यो भिडियो हेर्नुस्ः