संकल्प मिडिया सेन्टरद्वारा संचालित

बाढीले खेतीयोग्य जग्गा मात्र नभई खेलकूद मैदानलाई समेत बाँकी राखेन्

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

नेपाल क्रिकेट संघ प्रदेश नम्बर दुई को विशेष साधारणसभा शनिबार महोत्तरी को वर्दिवासमा सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले अहिले प्रदेश नम्बर दुई मा दैवी प्रकोपको चपेटामा परेको जिकिर गर्दै खेतीयोग्य जग्गाहरु मात्र नभई खेलकूद मैदानलाई समेत थुप्रै स्थानमा बाढिले बगाएका छन् ।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले खेल र खेलाडीको नामले कुनैबेला नाम कमाएको प्रदेश नम्बर दुईमा अहिले खेलाड़ी र खेल सबै हराएकोप्रति चिन्ता व्यक्त गरे । कार्यक्रम मा बोल्दै उपप्रमुख झाले कुनैबेला राष्ट्रिय रुपमा पहिलो कप्तानको रुपमा उत्तम कर्माचार्य यसै प्रदेशको खेलाड़ी रहेको र क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिनिधित्व गरेको इतिहासलाई उपप्रमुख झाले बताए ।

उपप्रमुख झाले भने आउने दिनमा प्रदेश नम्बर दुईमा क्रिकेटको इतिहाशमा राम्रो गर्नेमा आफू विश्वस्त रहेको बोल्दै साधारणसभा र अधिवेशनबाट राम्रो नेतृत्व छानेर अगाडि बढ़न समेत तर्क राखे । महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष रोशन सिंहको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै खेलकूद विकास समिति धनुषाका अध्यक्ष कमल किशोर चौधरीले क्रिकेटको आफ्नो पुरानो इतिहास बोकेको प्रदेश नम्बर दुईका खेल र खेलाड़ी संग पछिल्लो समय भेदभाव भएको दुःखेसो पोखे । अधिवेशनमा प्रदेश नम्बर दुईका ८ वटै जिल्लाबाट जिल्ला अध्यक्षहरु सहितको उपस्थिति रहेका छन ।