बनेपा न.पा वडा न.२ घिमिरे गाउँमा स्थित घिमिरेगाउ खेल मैदानका लागि बनेपा नगरपालिका मार्फत पुर्व मन्त्री एवम् नेकपाका केन्द्रिय सदस्य गोकुल बाँसकोटाको पहलमा रु दस लाख बजेट बिनियोजन भएको छ।
करिब ८ महिना अघि घिमिरे गाउँ खेल मैदानमा भएको पार्टी प्रवेश कार्यक्रम बास्कोटाले मैदान सहि ढंगबाट निर्माण सम्पन्न गर्न र खेलकुदमा उन्नति प्रगति गर्न वजेट बिनियोजन गर्न पहल गरिने छ भनेर प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो र उहाँको वचन अनुरुप बजेट बिनियोजन भएको हो।
बनेपा न.पा कै बृहत् खेलमैदान बनाउने लक्ष्य बोकेर अघि बढेको श्वेत वराह युवा कल्बको पहलमा उक्त खेलमैदानको काम दुइ बर्ष अघि बाट सुरु भएको हो।
बजेट अभावका कारण मैदान निर्माणमा ढिलाइ भएका
बेला माननीय गोकुल प्रसाद बाँसकोटाले बजेटका लागी पहल गरिदिनु भएकोमा बाँसकोटा लाई धन्यवाद दिदै बास्कोटाको यो योगदानलाई समस्त घिमिरे गाउका जनताले नबिर्षने क्ल्बका अध्यक्ष सन्तोष घिमिरे र उपाध्यक्ष नमराज घिमिरे `बर्षात´ले बताए ।