संकल्प मिडिया सेन्टरद्वारा संचालित

बल्खु तरकारी बजारमा अनुगमन,अवरोध गर्न खोज्ने १ पक्राउ

  •  
  •   ११ भाद्र २०७५, सोमबार
  •  

११ भदौ, काठमाडौं । बल्खु तरकारी तथा फलफूल बजारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एका विहानै अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेको पाइएको छ । प्यान दर्ता गरेर मात्र पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल दर्ता नभई अवैध रुपमा सञ्चालन गरेको पाइएको छ ।
किसानसँग तरकारी खरिद गरेको मूल्य समेत व्यापारीले उल्लेख नगरेको पाइएको छ ।
प्यान दर्ताविनै पसल सञ्चालन तथा मूल्य नखुलाइ तरकारी बिक्री गरेको भेटेपछि विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई भोलि छलफलका लागि बोलाएको छ ।
बल्खु कृषि तथा तरकारी बजार कम्पनीका सञ्चालक मोहन बस्नेतले पनि तरकारी पसलहरु प्यानमा दर्ता नरहेको पुष्टी गरे । ‘अधिका‌ंशले वडा कार्यालयमा दर्ता गरिरसक्नु भएको छ, उनले भने, प्यानमा दर्ताका लागि प्रक्रियामा छौं ।’
बल्खु तरकारी बजारमा २ सय ७५ वटा पसल छन्, जसमध्ये ९८ प्रतिशत पसल प्यानमा दर्ता छैनन् । साथै एउटै तरकारीको विक्रि दर पनि पसलैपिच्छे फरक फरक पाइएको छ ।
त्यस्तै अनुुगमनमा लागि गएको सरकारी टोलीलाईअवरोध गर्न खोज्ने १ पक्राउ परेका छन । रवि साहलाई कालीमाटी प्रहरीले पक्रेको हो । पक्राउ परेका साहलाई कालीमाटी प्रहरीमा राखिएको छ ।
यसअघि कालीमाटी तरकारी बजारको अनुगमनका लागि पुगेको विभागको टोलीलाई त्यहाँका व्यापारीहरुले अवरोध गर्दै रोकेका थिए ।