संकल्प मिडिया सेन्टरद्वारा संचालित

बंगलादेश र कतारका लागि नेपाली राजदूतले लिए शपथ

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी खबर

काठमाडौँ- सरकारले बंगलादेश र कतारका लागि सिफारिस गरेका दुई राजदूत उक्त पदमा नियुक्त भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा सिफारिस भएका डा वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा सफारिस भएका डा नारदनाथ भारद्वाजलाई राजदूत पदमा नियुक्त गरेकी हुन्।

सरकारले गत जेठ २३ गते उनीहरुलाई राजदूतका लागि सिफारिस गरेको थियो भने संसदीय विशेष सुनुवाई समितिले  असार २३ गते अनुमोदन गरेको थियो।

राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार राष्ट्रपति भण्डारीले उनीहरुलाई  राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण समेत गराएकी छिन्।  

शपथग्रहण कार्यक्रममा  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको  उपस्थिति  थियो ।