संकल्प मिडिया सेन्टरद्वारा संचालित

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

  •  
  •   ३१ असार २०७५, आईतवार
  •  

फ्रान्स रसिया विश्वकप २०१८ को विजेता बन्न सफल भएको छ । विश्वकप फुटबलको फाइनलका लागि क्रोएसिया र फ्रान्स बिचको खेलमा फ्रान्सले 2-4 को गल अन्तरमा फ्रान्सले उपाधि चुम्न सफल भएको हो ।
आइतबार मस्कोको लुजिन्की रंगशालामा भएको खेलमा फ्रान्सले क्रोएसिया माथी दबदबा राख्दै विश्व च्याम्पेन बन्न सफल भएको छ । यो फ्रान्सको लागि विश्वकप फुटबलको दोस्रो जित हो । अब फ्रान्सको टिसर्टमा दुई वटा तारा देख्न पाईने भएको छ । यति बेला फ्रान्सका समर्थकहरु आपसमा खुसि साटासाट गर्दै छन् ।

सन् १९९८ मा विश्वकप जितेको फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया यसपटक समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । फ्रान्सले समूह चरणमा अस्ट्रेलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो । सेमिफाइनलमा लयमा देखिएको बेल्जियमलाई १-० ले हराएको थियो ।
क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो । सेमिफाइनलमा बलियो मानिएको इंग्ल्याण्डलाई २-१ ले हराएको थियो ।

पहिलो हाफको १९ औं मिनेटमा फ्रान्सले उपहार गोलमार्फत अग्रता लिएको थियो । क्रोएसियाका उसका मारियो मान्जुकिजले आत्मघाती गोल गर्न पुगेका थिए । विश्वकपको फाइनलमा भएको यो नै पहिलो आत्मघाती गोल समेत हो । तर, १० मिनेट बित्न नपाउँदै क्रोएसियाले बराबरी गोल फर्काउन सफल भएको थियो ।भीएआर रिभ्यूमा पेनाल्टी पाएपछि फ्रान्सका ग्रिजम्यानले उक्रिस्ट गोल गर्दै पुन फ्रान्सलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे । क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे ।