संकल्प मिडिया सेन्टरद्वारा संचालित

फेरि भाँडियो राप्रपा एकता

  •  
  •   २५ कार्तिक २०७५, आईतवार
  •  

काठमाडौं । विभिन्न खेमामा विभाजित पूर्वपञ्चहरुको एकता प्रयास भाँडिएको छ । हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको राप्रपा अध्यक्ष कमल थापाले पार्टी नेताहरुलाई ‘ब्रिफिङ’ गरेका छन् ।
एकताको अन्तिम गृहकार्यमा जुटेको बताएका  राप्रपाका नेताहरुले आइतबार मध्यान्ह राप्रपा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाबीच भएको गोप्य छलफलपछि एकता भाँडिएको बताएका छन्  । सोमबार औपचारिक एकता घोषणा गर्ने गरी कार्यक्रम स्थलसमेत तय भइसकेको थियो।
एकता घोषणामा संवैधानिक राजसंस्था, चुनाव चिह्न लगायतका विषयमा सहमति हुन नसकेको हो ।
आइतबार पार्टी एकता अनुमोदनका लागि थापा नेतृत्वको राप्रपाले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो। अध्यक्ष थापाले पार्टी बैठकमा एकताको मोडालिटीलगायतका विषयमा बिफ्रिङ गरिहदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले फोन गरी भेट्ने प्रस्ताव गरेका थिए।
दुई नेताबीच महाराजगन्जस्थित एक होटलमा छलफल भएको थियो।  छलफलमा चुनाव चिन्हको नयाँ विषयले विवाद ल्याएपछि राप्रपा एकता तत्काल टरेको राप्रपाका नेताले बताएका छन्। ‘एकता तत्कालका लागि टर्‍यो,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने।