संकल्प मिडिया सेन्टरद्वारा संचालित

फुजेल काण्डमा : छविलालसहित १२ जनालाई अदालतको सफाइ

  •  
  •   २४ भाद्र २०७५, आईतवार
  •  

काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्यामा जिल्ला अदालत चितवनले सफाइ दिएपछि छविलाल पौडेल भोलि विहान छुट्ने भएका छन् ।
आइतबार चितवन जिल्ला अदालतले फुजेल हत्याकाण्ड प्रकरणमा फैसला सुनाएको छ । अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । एक जना प्रतिवादी रुद्र आचार्य पक्राउ नपरेको हुँदा पछि ठहर गर्ने गरी फैसला सुनाएको हो ।
छविलालसहित रामप्रसाद अधिकारी ‘क’ र ‘ख’, कालीप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा तिवारी र विष्णु तिवारीले सफाइ पाएका हुन् । अन्य प्रतिवादीले पनि यस प्रकरणमा सफाइ पाएका छन् ।
स्रोतका अनुसार थुनामा रहेका छविलाल पौडेल निर्दोष ठहरिएपछि रिहाईको खुसीयालीमा भोलि बिहान ७ बजे र्याली निकाल्ने कार्यक्रम तय भएको बताइएको छ ।  छविलाल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने तय भएको छ ।