त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

प्रशिक्षकका रुपमा जिदानको २ सयौँ खेलमा रियलको सहज जीत

  •   काठमाडौं
  •   १ असार २०७७, सोमबार
  •   एजेन्सी

रियल म्याड्रिडले ईबारमाथि ३–१ को सहज जित हासिल गर्दै ला लिगाको यात्रा पुनः शुरु गरेको छ । प्रतिशक्षकका रुपमा जिनेदिन जिदानको यो २ सयौँ खेल थियो ।

रियलले खेलको चौथो मिनेटमा नै टोनी क्रुसको गोलको मद्दतले अग्रता लिएको थियो । खेलको ३० औँ मिनेटमा सर्जियो रामोशले रियलको अग्रता दोब्बर बनाए भने हाफटाइम अघि मार्सेलोले तेस्रो गोल थपे ।

खेलको ६० औँ मिनेटमा पेड्रो बिगासले गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमा सिमित बन्यो ।जीतसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । बार्सिलोनाले शनिबार रियल मायोर्कालाई हराउँदै रियलसँग ५ अंकको दुरी बनाएको थियो ।

यता, जिदान क्लबको इतिहासमा २ सयौँ खेलमा नेतृत्व तेस्रो म्यानेजर बनेका छन् । यसक्रममा उनले १० वटा उपाधि पनि जितेका छन् ।रियलको सान्टियागो बर्नेबेऊ स्टेडियम मर्मत सम्भार भइरहेको कारण रियलले आफ्ना बाँकी खेलहरु स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा खेल्नेछ ।

आइतबार भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओ तथा रियल सोडिसडाड र ओसासुनाले समान १–१ को बराबरी खेले । एथ्लेटिको म्याड्रिड लिगको छैटौँ स्थानमा सिमित रहेको छ ।

थप