संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रधानमन्त्री भियतनाम र कम्बोडिया प्रस्थान

  •  
  •   २६ बैशाख २०७६, बिहीबार
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ । उहाँ परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्ने उदेश्यले दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको  भ्रमणमा जानुभएकाे हाे।

सोही क्रममा उहाँको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्दसमेत भए । यसअघि भिभिआईपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएको थियो । तर प्रधानमन्त्री ओलीको उडानको समय विहान ११ बजेदेखि साढे ११ बजेसम्म मात्रै उडान अवतरण रोकिएको छ ।
प्रधानमन्त्री ओलीको सवारीका कारण अहिले काठमाण्डौ को गौशाला, चावहिल, एयरपोर्ट, माइतीघर मण्डला, थापाथालीलगायत ठाउँमा जाम छ ।