संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रधानमन्त्री ओलीलाई मार्दिन्छु भन्दै हिड्ने पक्राउ

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

काठमाडौं । केही हप्ता पहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा भारतीय पुर्व जवान तेज बहादुरबारे ‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।
सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ । सरकारले सामाजिक सञ्जाललाई मर्यादित बनाउँन सबैमा अनुरोध पनि गर्दै आएको छ ।