संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए : कांग्रेस

  •  
  •   २ बैशाख २०७६, सोमबार
  •  

२ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै कांग्रेले यस खालको टिप्पणि गरेको हो ।
सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्रीले जे भन्नु भएको छ, त्यो आपत्तिजनक छ, घोर भत्सना गर्दछौं ।’ आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन्’ भनेका थिए । बुढाबुढीले सुन्ने गरी आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्क गरेका थिए ।
प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै धन्यवाद दिए । निधिका अनुसार कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको आरोप छ ।