त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

प्रदेश सरकारको १८ करोड बजेटमा हिलेजलजले तालबन्दै

  •   काठमाडौं
  •   ६ आश्विन २०७७, मंगलवार
  •   त्रिबेणी

प्रदेश नं। ३ को १८ करोड बजेटमा बनेपा नगरपालिका वडा नं। २ मा हिलेजलजले ताल निर्माण हुने भएको छ । पहिलो चरणमा ९ करोड ७० लाख ७० हजार रकम बिनियोजन भएसँगै अब ड्याम निर्माणको कार्य सरु हुन लागेको हो ।

तीन वर्षभित्र बनिसक्ने तालका लागि कुल १८ हरोड बजेट आवश्यक पर्नेछ । प्रदेश सरकारले अबका केही दिनमै ताल निर्माणका लागि टेण्डर आव्हान गर्ने तयारी गरेको यस क्षेत्रका प्रदेश सांसद बसुन्धरा हुमगाँई बताउनुहुन्छ ।

पर्यटकीय गन्तव्य नगरकोटको नजिकै बन्न लागेको तालले नगरकोटको पर्यटनमा थप टेवा दिने विस्वास लिइएको छ । निर्माण हुन लागेको ताल नजिकै व्यवस्थित उद्यान, सुन्दर पार्क तथा पिकनिक स्र्पोटहरु हुने बताउनुहुन्छ ।

‘ताल यस क्षेत्रको मात्र नभई काभ्रे जिल्लाकै गौरवको आयोजना हो, अब यो छिट्टै सुरुवात हुन्छ’ सांसद हुमागाईले बताउनुभयो । आफूले निर्वाचनताका यो तालको निर्माणका लागि जनतासँग गरेको बाचा अनुसार लागिप्रर्दा ताल बन्ने निश्चित भएर बजेट बिनियोजन भएको हुमागाईले बताउनुभयो ।

तुलनात्मक रुपमा जिल्लामा पर्यटकीय ताल निर्माणका लागि भनेर पहिलो पटक करोड भन्दा माथि बजेट विनियोजन भएको यो नै पहिलो हो ।हिलेजलजले भन्ने ठाउँ काठमाडौ उपत्यकाबाट नजिकै पर्ने भएकोले र पर्यटकहरुको आकर्षण देखिने हुनाले पर्यटकीय हिसावले यो महत्व छ ।

ताल निर्माणले खानेपानीको स्रोतको सुनिश्चिता, पर्यटकहरुको आकर्षक गन्तव्य, रोजगारीको अवशर सिंचाई लगायत बहुआयामीक फाइदा दिने प्रदेशसभा सांसद हुमागाईले बताउनुभयो । उहाँका अनुसार पर्यटन विकास महाशाखाले आवश्यक प्रक्रिया पुरा गरी टेण्डरमार्फत तालको निर्माण सुरु हुनेछ ।

तालबन्ने सुनिश्चित भएसँगै स्थानीयहरुले खुसी हुँदै प्रदेश सांसद हुमागाईलाई ताल निर्माण गरिने स्थानमा बधाई दिंदै स्वागत गरर खुसी साटेका छन् । अपडेट खबर