संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रदेश कमिटी सदस्य चयन र केन्द्रीय सदस्यको कार्यविभाजनको जिम्मा थापा र पौडेललाई

  •  
  •   ८ कार्तिक २०७५, बिहीबार
  •  

काठमाडौं, ८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश कमिटी सदस्यहरु चयन र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा दुई सदस्यीय कार्यदललाई दिएको छ ।
दुई सदस्यीय कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेका छन् । सचिवालयको आज बसेको बैठकले थापा र पौडेललाई प्रदेश कमिटीका सदस्यहरु चयन गरी  सचिवालयमा पेश गर्ने जिम्मेवारी दिएको हो ।
‘प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी सचिवालय सदस्य रामबहादुर थापा र मलाई जिम्मेवारी दिइएको छ’ महासचिव पौडेलले बैठकपछि भने । पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।
त्यसैगरि, नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मा पनि यही कार्यदललाई दिइएको छ । बैठकले तत्काल सबै कमिटीहरुलाई पूर्णता दिने निर्णय पनि गरेको छ ।
#cp: chakrapatha