संकल्प मिडिया सेन्टरद्वारा संचालित

पूर्णचन्द्र थापालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

  •  
  •   २४ भाद्र २०७५, आईतवार
  •  

भाद्र २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्ने भएकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै छन्। अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारदेखि नै नेपालको ४३ औं प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नेछन्। विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।