संकल्प मिडिया सेन्टरद्वारा संचालित

पुलबाट खसेर किशोरीको मृत्यु

  •  
  •   ३१ श्रावण २०७६, शुक्रबार
  •  

जुम्ला । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने पातारासी गाउँपालिकामा पुलबाट खसेर एक किशोरीको मृत्यु भएको छ । वडा नम्वर ४ घर भएकी वर्ष १९ की अनरुपा बुढाको घर जानेक्रममा पुलबाट खसेर मृत्यु भएको हो ।
प्रहरी चौकी डिल्लीचौरका ईन्चार्ज कृष्ण शाहका अनुसार स्थानीय लासी बजार पाने बुढाको पानी डुबेर मृत्यु भएको हो । मृतक बुढा शुक्रबार बिहान ८ आठ बजे लाम्री गाउँ जाने क्रममा पुलबाट जुवा नदीमा खसेकी थिइन् ।
बिहानैदेखि घरको सम्पर्कमा नआएपछि स्थानीयले खोजी गर्दा झण्डै एक किलो मिटर तल ग्यामिनमा अल्झिएकको भेटिएको प्रहरीले जनाएको छ ।
परिवार स्रोतका अनुसार उनी छारे रोगबाट ग्रसित थिइन् । मृतकको शव पोष्ट मार्टमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लमा ल्याइएको छ ।