त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

पिछडिएको वर्गका निम्ती मैले मेरो जीवन सुम्पेको छु

  •   काठमाडौं
  •   २३ असार २०७७, मंगलवार
  •   त्रिबेणी

प्रकाश राेक्का

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ६ (साविक गैरिविसौना देउपुर वडा नं. ३)मा जन्म लिएका प्रकाश रोक्का राजनीतिक र समाजिक व्यक्तित्व हुन् । उनी प्राध्यापक, दलित अधिकारकर्मी, बालअधिकारकर्मी साथै नेकपा जिल्ला कमिटी सदस्य, गैर सरकारी संस्था महासंघ काभ्रे शाखा जिल्ला कार्यसमिति सदस्य, संयुक्त दलित राजनितिक संघर्ष समिति काभ्रे अध्यक्ष, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ काभ्रे शाखा उपाध्यक्ष र जिल्ला स्तरिय नागरिक संजाल सदस्य पनि हुन् । रोक्काले स्नातकोत्तर तह (समाजशास्त्र)गर्नुका साथै , जनप्रशासन स्तातकोत्तर तह अध्ययनरत हुनुहुन्छ ।विगतका दिनमा तत्कालिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रे जिल्ला कमिटी उपाध्यक्ष, नेकपा एमाले क्षेत्र नं. ३ को सदस्य, स्वतन्त्र विद्यार्थी युनियन चैतन्य क्याम्पसको निर्वाचित सचिव, नेकपा एमाले नवौं महाधिवेशन प्रतिनिधि र अनेरास्ववियु केन्द्रिय विभाग सचिव सम्मको यात्रा पुरा गर्नुभएको छ ।

दैनिकी कसरी बित्दै छ कत्तिको बेस्तता छ लकडाउनको बिच दैनिकी ?
– विश्व नै यस कोरोना (ऋइख्क्ष्म्(ज्ञढ) को महामारीबाट गुज्रिरहेको अवस्थामा हामी पनि यसको चपेटामा छौ । लकडाउन पूर्व र अहिलेको समय फरक रुपमा वितिरहेको छ । पहिलेको सामान्य दिनहरु जस्तो त पक्कै पनि छैनन् । दैनिक समय तालिका एकै प्रकारले वित्दैछन । लक डाउनका शुरुका दिनहरुमा घरबाट विरलै मात्र वाहिर निस्कने गरियो । सामान्यतया विहान मर्निङवाकमा जाने गरियो भने दिनमा घरमा नै बसियो । व्यस्त त सामान्य परिस्थितिको दिन जस्तो छैन । अफिस जान सक्ने अवस्था छैन साथै सबै कामहरु पनि ठप्प भएको हुनाले अन्य काममा जान नसक्नुले पनि फुर्सद नै रहयो । र यहि विचमा साथि भाईहरु संगको भेटघाट, छलफलमा पनि समय दिइयो ।

लकडाउनको समयलाई उपलब्धिमुलक बनाउनु भयो या भएन ? कसरी बिते ?
– यो समयलाई व्यक्तिगत रुपमा उपलब्धिमूलक नै रहयो । घरमै बस्नु पर्ने यो बाध्यकारी समयले गर्दा परिवारलाई पनि समय दिन पाईयो । यो समयको विचमा बाहिर जान नसक्ने अवस्थाका कारण घरमा नै बसेर काम गर्नु पर्ने अवस्था सिर्जना भयो र यसले गर्दा फरक रुपमा काम गर्ने अवसर पनि मिल्यो । नयाँ नयाँ प्रविधिको प्रयोग गरि बैठक, छलफलहरु पनि गरियो । जसले गर्दा यहि असामान्य परिरिस्थतिका विच पनि कामहरु लाई निरनतरता दिन सकियो । र यो विचमा केहि राजनितिक दस्तावेजहरु तथा पुस्तकहरु समेत अध्ययन गरियो जसले गर्दा विषयवस्तुमा थप प्रस्ट हुन मौका मिल्यो । अद्यावधिक प्रविधिको प्रयोगमा समेत अवसर मिल्यो । साथिभाई, इष्टमित्र संग समन्बलाई पुर्नतार्जगी पनि गरियो । यी सबै कुरालाई हेर्दा यो महामारिको विषम परिस्थितिलाई कमसेकम उपलब्धिमूलक बनाउन सकियो । साथै यो महामारी कै विच रुकुम पश्चिमको चौरजहारीमा अन्र्तजातिय विवाह कै कारण नवराज वि.क सहित उनका ६ जना साथिहरुको विभत्स, पासविक नरसंहारले हामी दलितहरु माथि चोट थपि दियो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले नै कुनै पनि किसिमका जातिय विभेद गर्न पाईन्न भनि स्पष्ट व्यवस्था गर्दा समेत ६ जनाको सामुहिक हत्याले हामी काभ्र्र्रेवासीलाई निन्द्रा परेन जसले गर्दा यस्तो किसिमको अमानविय घटनामा समेत न्याय पाउनका लागि आन्दोलन गर्नु पर्ने अवस्थाको सिर्जना हुन पुग्यो । घटनामा राजनितिको गन्ध नमिसियोस, पिडितले न्याय पाउन र दोषिलाई हदै सम्मको सजायको लागि आन्दोलन तथा खबरदारी गर्नुृ परयो र अझै पनि खबरदारी गरिरहन्छौ । अब हामी सबैले खबरदारी गर्नु पर्दछ । यही खबरदारीको अभियानमा पनि सक्रिय रहेको छु ।

राजनितीमा कसरी आकर्षित हुनु भयो ?
– राजनिति भनेको मुल नीति हो । यसले नै अन्य नीतिलाई मार्गदर्शन गर्दछ । राजनितिमा म मात्र होईन सबै युवा आकर्षित हुनु पर्दछ । किनकी राजनीति भनेको शासन सञ्चालनका लागि शक्ति संघर्ष तथा यसको अभ्यास पनि भएकाले राजनिति मार्फत नै हामीले परिकल्पना गरेको समतामूलक समाज निमार्ण गर्न सक्छौ । व्यक्तिगत रुपमा भन्ने हो भने म जुन समुदायलाई (दलित) प्रतिनिधित्व गर्दछु त्यो समुदायको पहुँच कहिल्यै पनि राज्यको महत्वपूर्ण निकायमा हुन सकेन । अब त्यो समुदायको पहुँचमा बृद्धि गर्नको लागि राजनितिक पहुँच तथा निति निमार्णको तहमा पुग्न सकिएन भने त्यो समुदायको आवाज कस्ले बोल्ने ? अहिले पनि नबोले कहिले बोल्ने ? र मैले नबोले कस्ले बोल्ने भन्ने लाग्यो र मैलै तत्कालिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनिति शुरु गरें ।

पछिल्लो समय युवा पुस्तालाई राजनिती प्रती आकर्षक घट्दै गएको छ नि किन होला ?
– खासमा भन्नु पर्दा युवा भनेको नै नयाँ जोस, जाँगर र इच्छा शक्ति तिब्र रुपमा भएको जुझारु प्रकृतिका हुन्छन् । र युवाहरु तत्काल कुनै क्रियामा प्रतिक्रिया जनाउने स्वभावका हुन्छन । र कुनै काम बाट तत्काल नतिजाको अपेक्षा पनि गर्दछन जुन स्वभाविक पनि हो । मेरो भनाईको आशय के हो भने वर्तमान राजनितिक अवस्थालाई मसिनो रुपबाट हेर्ने हो भने पद तथा कुर्सिमोह अझ पनि कता कता बढी मात्रामा नै देखिन्छ जसले गर्दा युवाले खाजेको जस्तो तत्काल नतिजा आउन नसक्दा कतै युवाहरुमा राजनितिप्रति वितृष्णा त जागेन ? तर मलाई के लाग्दैन भने युवाहरुमा राजनितिप्रति आकर्षण घट्दो छ । त्यस्तो अवस्था छैन । अहिले युवाहरुले पनि दल दर्ता गरि राजनिति शुरु गरिरहेका छन् । तपाईले पनि जानकारी लिई रहनु नै भएको होला हाम्रो देशमा युवाहरुको नेतृत्वमा दल दर्ता भएका छन् । पुराना दलहरुको कार्यशैलि प्रति प्रश्न गर्दै नयाँ संघ संगठनको नाममा आफ्नो अभियान संचालन गर्दै आएका छन् । र मलाई विश्वास छ ति युवाहरु पनि राष्ट्रिय राजनितिमा जोडिन पुग्छन । जसमा समय र परिस्थिति अनुसारको राजनितिक जिवनको गति र घटनाक्रमलाई नजिक बाट अध्ययन गर्ने अवसर प्राप्त गर्दछन ती युवा र हामी फेरी पनि संगै हुनेछौं ।

वर्तमान राजनितिक अवस्थाको चित्रण गर्नुपर्दा ठिक कि बेठिक ? सरकारले के कस्ता कुराहरुलाई मुख्य आवश्यकतामा राख्नुपर्ला ?

– ठिक बेठिक भन्दा पनि वर्तमान राजनितिक अवस्थालाई हेर्दा हाम्रो राजनितिक दलहरुले जुन ढंगबाट विकास निमार्णका कामलाई अगाडी बढाउनु पर्ने हो त्यो भने कम देखिन्छ । लामो अथक प्रयास पश्चात हामीले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक पाएका छौं । यति बेला २०७२ मा जारी भएको संविधानले निर्दिष्ट गरेका थुप्रै कामहरु गर्नु पर्नेछ । कतिपय कानुनहरु निमार्ण भइसके भने धेरै जसो कानुनहरु निमार्णकै चरणमा छन् । २०७४ को निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जनताले झण्डै दुई तिहाइको म्याण्डेट दिएका छन् । र त्यही म्याण्डेट अनुसार नै अहिलेको सरकारले काम गरि नै रहेको छ । विकास निमार्णका कामहरु तिब्र रुपमा अगाडी बढीरहेको अवस्थामा विश्वव्यापी रुपमा फैलिएको कोरोना कहरले गर्दा नेपाल जस्तो अविकसित मुलुकलाई त झन धेरै कठिन परिस्थितिमा धकेलेको छ । आर्थिक वृद्धिदरको जुन उद्धेश्य राखिएको थियो त्यो पुरा हुन सकेन । विकासको फड्को मार्दै गर्दाको अवस्थामा यो विषम परिस्थितिले गर्दा अहिले सरकारले तत्काल रुपमा यहि महामारीलाई कसरी परास्त गर्ने भनेर रणनितिक रुपमा काम गर्नु नै पहिलो प्राथमिकता हुनु पर्दछ । साथै यो एउटा महामारीलाई मात्र चिर्नु सरकारको भुमिका रहन्न । यो समयको विचमा पनि विकास निमार्णका कामलाई निरन्तरता दिनु पर्दछ । राष्ट्रिय गौरवका योजनाहरुलाई समयमा नै सम्पन्न गर्न तर्फ पनि केन्द्रित रहनु पर्दछ । किनकी यो महामारीले आर्थिक वृद्धिदरमा ठुलो ह«ास आउने देखिन्छ । हजारौ युवाहरु बेरोजगार भएका छन् । विदेशमा काम गर्ने लाखौं युवाहरु स्वदेश फर्केका छन । अब सरकारले ती युवाहरुलाई समेत रोजगारीको सृजना गर्नु पर्नेछ । स्थानीय स्रोत साधनको व्यापक सदुपयोगमा ध्यान दिनुपर्छ । स्वदेशमै युवालाई रोजगारीको सृजना गर्न सक्यौ भने उत्पादनमा बृद्धि हुन सक्छ । हामीले बर्सौ नै भारत लगायतका देशहरुबाट अरबौ रुपैंयाको आयात गर्ने गरेका छौ यदि हामीले आयात मात्रै पनि कम गर्न सक्यौ भने विदेशी ऋणको भारी कम बोक्नु पर्ने हुन्छ र युवाहरु विदेशिनु पनि पर्दैन । त्यसैले अहिले सरकारले रोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको लगानीलाई प्राथमिकता दिनु पर्दछ । किनकी स्वास्थ्य क्षेत्रको हाम्रो क्षमता तथा सामथ्र्यको बारेमा यस कोरोनाको महामारीले घाम जस्तै छर्लङग पारिदिएको छ ।

नेकपाको जिल्ला कमिटी सदस्यमा रहदै गर्दा काभ्रेका स्थानिय तहले गरेका कार्यमा सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट त कहिले हुन सकिन्न किनकी त्यो मानव प्रवृति हो । यद्यपी स्थानिय तहले गर्नु पर्ने थुप्रै कामहरु रहेका छन् । पहिल्लो अवस्थालाई हेर्ने हो भने यो कोरोनाको महामारीलाई स्थानिय तहले जसरी सामना गरिरहेका छन् यसको लागि उहाँहरुलाई धन्यवाद नै भन्नु पर्दछ । यदि स्थानिय तह हुन्न थियो भने यो महामारी विच केन्द्रिय सरकारलाई काम गर्न धेरै नै चुनौती हुने थियो । यसले संघियताको महत्वलाई समेत प्रस्ट्र्याएको छ । संघियता विरोधीहरुको लागि काम नै गरेर प्रमाणीत गरिदिएको छ । आशा छ आगामी दिनहरुमा अझ थप प्रभावकारी रुपमा काम हुनेछ । आम जनताले नै महशुस गर्नेछन । र यसमा तपाई हामी सबैको सकरात्मक खबरदारी निरन्तर रहनु पर्दछ ।

भविष्यमा काभ्रेली जनताले तपाईलाइ राजनितिको कुन पदसम्म देख्न सक्छ्न ?
– हा हा…..अब म कुन पदमा हुन्छु त्यो महत्वपूर्ण होईन । हामीले कल्पना गरेको समतामूलक समाज निमार्णको यो अभियानमा जो जहाँ रहे पनि केहि हुन्न । मलाई मेरो समुदाय र सम्पूर्ण काभ्रेली जनताले सुम्पेको जिम्मेवारी र विश्वासलाई म जहाँ, जुन अवस्थामा रहे पनि त्यो जिम्मेवारी पुरा गर्न अग्रसर भईरहनेछु । निरन्तर यो अभियानमा जनता संगै हुनेछु ।

यो देशको प्रधानमन्त्री तपाईं हुनु भएको भए केके कुराहरुलाई मुख्य एजेन्डा बनाएर काम गर्नु हुन्थ्यो ? किन ?
– प्रधानमन्त्रीको पद एउटा चुनौतीपूर्ण पद हो । यो पद बहन गर्ने हिम्मत जसले लिन्छ उसले देशमा आफुलाई जनताको सेवक हुँ भनेर प्रमाणित गर्नु नै उसको पहिलो र अन्तिम कर्तव्य हो । यसै अनुशार उसको व्यवहार, उसको सोच र चिन्तन हुनु जरुरी हुन्छ । यदि मैले त्यो जिम्मेवारी पाएको भए मेरो कोशिस भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, औद्योगिक विकास, सर्वसुलभ र गुणस्तरीय शिक्षा, भरपर्दो सुविधासम्पन्न स्वास्थ्य सेवा र यसमा सबै जनताको समान पहुँचका लागि मेरो मुख्य एजेन्डा हुन्थ्यो । म आफु समाजवादमा विश्वास राख्ने भएकाले समाजवादको सपना साकार बनाउन पहल गर्थे, चुनावी घोषणापत्रमार्फत जनतासामू गरेको वाचा पूरा गर्नलाई मेरो संघर्ष रहन्थ्यो ।

युवाहरुलाई बिदेशिनबाट रोक्नलाई के कस्ता कार्य गर्नुपर्ला ?
– युवा विदेश रहरले जाने होईनन् । अधिकाशं युवाहरु रोजगारीको शिलसिलामा नै विदेश पलाएन हुने भएकोले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना सकिएमा मलाई विश्वास छ युवा विदेशको ५० डिग्रिको तातोमा काम गर्न जानेछैनन् । साथै हामीले श्रमलाई सम्मान गर्न सक्ने वातावरण बनाउनु पर्दछ । कुन काम सानो कुन काम ठुलो ? यो सब केहि होईन श्रम भनेको श्रम नै हो भन्ने हामीले पनि बुझ्न सक्नु पर्दछ । श्रमको उचित मूल्य नपाउने कारणले अधिकांश युवा स्वदेश भन्दा विदेशतिर काम गर्न आकर्षित देखिन्छन । श्रम गरी खाने भन्दा विच्यौला भई कम मेहेनत र धेरै नाफा कमाई खानेको बजार नियन्त्रण गर्नसकेमा युवाहरुको विदेश पलायन रोक्न सकिन्छ । नेपाल एक कृषि प्रदान देश भएको हुनाले पनि कृषिमा अनुदानको व्यवस्था गरि संघ प्रदेश र स्थानिय सरकारले योजना बनाई काम गर्नु पर्दछ । यसका लागि आर्थिक रणनीतिलाई परिवर्तन गर्नैपर्छ । युवा स्वरोजगार र रोजगारको व्यापक सिर्जना गर्नुपर्छ ।

सामाजिक र राजनितिक जीवन बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट नै छु र त आज तपाई संग यो हैसियतमा कुरा गर्न सकेको छु । र अर्को कुरा मैले शुरुमा पनि भने मैले राजनिति कुनै लाभको पद लिनको लागि गरेको होइन किनकी मेरो काधँमा मेरो समुदायले सुम्पेको ऐतिहासिक जिम्मेवारी छ त्यसलाई पुरा गर्न मेरा पाईला अघि बढेका हुन र त्यो जिम्मेवारी पुरा नहुन्जेल म लागि नै रहन्छु । ११. फुर्सदको समयमा के गर्न रुचि राख्नु हुन्छ ?
फुर्सदको समयमा परिवारलाई समय दिने गरेको छु । अधिकाशं समय बाहिर बाहिर रहने हुनाले पनि परिवार आफन्त, साथिभाईहरु संग समय विताउन नपाईने हुनाले भेटघाट तथा समय अनुसार घुमफिर पनि गर्दछु । र पुस्तकहरु पढ्छु ।

नेपाललाई विकसित देश बनाउन के गर्नपर्ला ?
– नेपाल स्रोत साधनको हिसाबले सम्पन्न देश हो । जलस्रोत कुरा गर्ने हो भने ब्राजिल पछि नेपाल दोस्रो धनि देश हो । त्यस्तै गरि जडिबुटिको हिसाबले पनि हामी धनि छौं । नेपाल जस्तो सानो देश तर स्रोत साधनले सम्पन्न देशलाई विकास गर्न धेरै कठिन भने छैन । विकासको लागि पहिलो कुरा भनेकै स्थायी सरकार हो जुन अहिले नेपाल कम्युनिष्टि पार्टी (नेकपा) को नेतृत्वमा रहेको छ । दोस्रो भनेको इच्छाशक्ति तथा सोचको आवश्यकता पर्दछ । साथै रणनितिक योजना निमार्ण गर्नु पर्दछ । र ति योजनाहरु कार्यान्वयन गर्न हाम्रो नेतृत्व इमान्दारीपूर्वक लागेमा हामी विकसित मुलुक बन्न कति पनि समय लाग्दैन । देशमै उद्योग कलकारखाना स्थापना गर्ने र रोजगारीको सिर्जना गर्नु पर्दछ । नेपाल पर्यटकीय हिसाबले पनि संभावना भएको मुलुक हो । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि हाम्रै देशमा रहेको छ । त्यसैले पनि हाम्रो देशलाई पर्यटकीय गन्तव्य रुपमा बनाउन सक्नु पर्दछ । कृषिलाई आधुनिकीकरण गरि उत्पादनमा वृद्धि गरि आयातलाई कम र निर्यातलाई बृद्धि गर्नुपर्दछ । र विद्युत नै हाम्रो समृद्धिको मुल ढोका हो यसलाई विशेष प्राथमिकता दिई काम गर्न सक्नु पर्दछ । यि कुरालाई विशेष महत्व दिएर काम गर्न सक्यौ भने मेरो विश्वास छ हामी अवश्य पनि विकसित मुलुक बन्न सक्छौं ।

अन्तमा के भन्न चाहानुहुन्छ ?
– सर्वप्रथम तपाई हाम्रो साप्ताहिक पत्रिका मार्फत मेरो विचार तथा दृष्टिकोणहरु राख्ने अवसर दिनु भएकोमा तपाई सहित तपाई मार्फत सम्पूर्ण साप्ताहिक परिवारलाई धन्यवाद दिन चाहन्छु । र अहिलेको यो विषम परिस्थितिलाई हटाउनको लागि तपाई हामी सबै एकजुट भएर लागौं । सरकारले गरेको लक डाउनको पूर्ण पालना गरी यस महामारीबाट विजय प्राप्त गर्नुपर्दछ । पक्कै पनि यो महामारीले हाम्रो दैनिक जिवनयापनमा धेरै नै प्रभाव पारीरहेको छ । दैनिक छाक टार्न पनि धौ धौ परेको छ । यद्यपी स्वास्थ्य भन्दा ठुलो अरु केहि होईन भन्ने कुरा लाई आत्मसाथ गरि हामी सबैले सरकारलाई साथ दिएकै छौं । भोलीका दिनमा हामी हाम्रो पेशा, व्यवसायलाई पुनः जिवित गराउन सक्छौ । र सरकारले पनि यो विषम परिरिस्थतिमा थप जिम्मेवार र चनाखो हुनु पर्दछ । उपचार नै नपाई कोहि नेपाली हामी मर्नु नपरोस । धन्यवाद् ।