संकल्प मिडिया सेन्टरद्वारा संचालित

पाकिस्तानले आज आफ्नोे ७१ औं स्वतन्त्रता दिवस मनायो

  •  
  •   २९ श्रावण २०७५, मंगलवार
  •  

साउन २९, काठमाडौं । पाकिस्तानले आज आफ्नोे ७१ औं स्वतन्त्रता दिवस मनाएको छ। प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ। नेपालमा रहेको पाकिस्तान दूतावासले पनि विभिन्न कार्यक्रमहरू गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको छ। नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका शुभकामना सन्देश बाचन गरेर सुनाए। समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौंमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा पुगेका थिए।