संकल्प मिडिया सेन्टरद्वारा संचालित

पाँचौं जितसँगै मनाङ शीर्ष स्थानमा फर्कियो

  •  
  •   १५ मंसिर २०७५, शनिबार
  •  

१५ मंसिर, काठमाडौं । सरस्वती युथ क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
लिगमा लगातार पाँचौं जित हात पार्ने क्रममा मनाङले सरस्वतीलाई २-० ले पाखा लगाएको हो ।
हलचोक मैदानमा भएको खेलको पहिलेा हाफमा सरस्वतीले मनाङलाई गोलसहित बराबरीमा रोक्यो । तर, दोस्रो हाफमा ५५ औं मिनेटमा अञ्जन विष्टले गोल गरे भने ६८ औं मिनेटमा आफिजले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।
खेलमा थप गोल हुन सकेन र मनाङ विजयी भयो । जितसँगै ५ खेलबाट १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ भने १२ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ ।श्रोतः अन्लाइन खबर