संकल्प मिडिया सेन्टरद्वारा संचालित

पहिलो उपाधिको सपना बोकेर भिड्दै इङ्ल्याण्ड र दक्षिण अफ्रिका

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/१९ औं संस्करणको विश्वकप क्रिकेट आजबाट इंल्याण्डमा सुरू हुँदैछ। पहिलो खेलमा आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन्। यी दुबै टोलीले हालसम्म एकपटक पनि विश्वकप जितेका छैनन्। त्यसैले दुबै टोलीको यस पटकको लक्ष्य विश्वकप उपाधिको घडेरीलाई टुङ्ग्याउनु हुनेछ।

इङ्ल्याण्डका लागि घरेलु मैदानमा विश्वकपको ट्रफी उचाल्ने सुनौलो मौका छ। त्यसैले आज ऊ विश्वकपको सुरूवात जितका साथ सुरू गर्ने मुडमा छ।
पछिल्लो विश्वकपमा इङ्ल्याण्डको प्रदर्शन निराशाजनक थियो, ऊ समूह चरणबाटै बाहिरिएको थियो। यसपटक इयोन मोर्गनको कप्तानीमा टोली त्यसयता निक्कै मजबुत भइसकेको छ। टोलीले राम्रो सुधार गरेको छ।
वर्तमान अवस्थामा इङल्याण्ड जस्तो पनि चुनौतीलाई आफ्नो पक्षमा पार्न सफल हुने अवस्थामा छ। पछिल्लो दुई वर्षमा इङ्ल्याण्डले उच्च स्कोरको म्याचहरू खेलेको छ जून यसबीच सायदै अरू टोलीले खेलेको होलान्। टोलीको बलिङ बलियो छ। बितेका साढे दुई वर्षमा दुईभन्दा बढि म्याच भएको सिरिज उसले गुमाएको छैन।
यध्यपी विश्वकप अघि अस्ट्रेलियासँग भएको अभ्यास खेलमा भने उसले पराजय भोगेको छ। दोश्रो खेलमा भने उसले अफगानिस्तानलाई पराजित गर्यो। यो नै सबै उसको आगामी संकेत होइन। विश्वकप प्रतियोगिता सुरू भएपछि खेलमा इङ्ल्याण्डको अलग अन्दाज देखिनेछ। इङ्ल्याण्ड  जोनी बेयरस्टो, जेसन रोय जस्ता ब्याटसम्यानले सुसज्जित छ।
यी दुईका अलावा वर्तमान समयका सर्वश्रेष्ठ ब्याटस्म्यान जोइ रूटले पनि टोलीको प्रदर्शनलाई स्थिर बनाउनेछन्। यसैगरी कप्तान मोर्गन पनि लयमा छन्। जोस बटलर तथा दुई अलराउण्डर बेन स्टोक्स र मोइन अलिले टोलीको मध्यक्रम सम्हाल्दै तल्लो ब्याटिङ क्रममा पनि छिटोछिटो रन बनाउन विख्यात छन।
इङ्लिश टोलीको ब्याटिङको एक खास विशेषता भनेको छिटोछिरटो रन बटुल्दै विकेटमा टिकिरहनु हो। उनीहरू स्थिति अनुसार कसरी खेल्ने जान्दछन्। आक्रमक ब्याटिङमा ब्याटसम्यान छिटो आउट हुने सम्भावना प्रवल हुनेगर्छ तर इङ्ल्याण्डका ब्याटस्म्यानको हकमा त्यो लागु हुँदैन। उनीहरू यतिपरिपक्व छन् कि विकेटमा टिकेर छिटोछिटो रन बटुल्न सक्छन्।
यसैगरी इङ्ल्याण्डको ब्याटिङ जति बजबुत छ बलिङ त्यति छैन तर जोफ्रा आर्चरले गर्दा टोलीलाई ठूलै बल मिलेको छ। लियाम प्लकट, मार्क वुड,क्रिस वोक्स, टम कुरैनमाथि फास्ट बलिङ्को जिम्मा छ।
दक्षिण अफ्रिकाको अवस्था भने इङ्ल्याण्ड हेरि त्यति सहज छैन। टोलीका अनुभवी बलर डेट स्टेन काँधमा लागेको चोटका कारण आजको म्याचमा हुनेछैनन्।
स्टेनका अलावा  कागिसो रबादा र लुङ्गी नगिदी पनि चोटिल छन् यध्यपी अभ्यास म्याचमा उनीहरूले राम्रो प्रर्दशन गरेका छन्।
दक्षिण अफ्रिकालाई एक अगाडी टोलीका रूपमा हेरिने गरिएको छ। उपाधि नजिक पुगेर उनीहरू सँधै हार्नेगर्छन्। टोलीको बलिङमा आक्रमण भएपनि ब्याटिङ बलिङजस्तो उम्दा छैन।
कप्तान फाप डु प्लेसिस र क्विंटन डी कक टोलीका मूख्य ब्याटस्म्यान हुन्। हाशिम अमलाको फर्म खास गतिलो चलिरहेको छैन। टोलीमा एडिन मार्कराम, डेविड मिलर, ज्यां पल ड्यूमिनी, आंदिले फेहुलक्वायो, रैसी वान डेर डुसैन भए पनि यी सबैमा स्थिर प्रदर्शनको कमी छ।
यस्तै मिलर र ड्यूमिनीसँग अनुभव भएपनि दुबैले त्यस अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्।
टिम दक्षिण अफ्रिकाः फाफ डु फ्लेसिस(कप्तान), डेविड मिलर, एडिन मार्कराम, हाशिम अमला, रासी वैन डेर डुसैन, क्विंटन डी कक(विकेटकिपर), कागिसो रबाडा, लुंगी नगिदी, इमरान ताहिर, डेल स्टेन, तनरेज शम्सी, ज्यां पल ड्यूमिनी, आंदिले फेहुलक्वायो, ड्वयान प्रिटोरियस, क्रिस मौरिस ।
टिम इङ्ल्याण्डः इयोन मोर्गन(कप्तान), मोइन अली जोफ्रा आर्चर,जोनी बेयरस्टो(विकेटकिपर), जोस बटलर, टम कुरैन, लियाम डार्सन, लियाम प्लंकट, आदिल, राशिद, जोय रूट, जेसन रोय, बेन स्टोक्स, जेम्स विन्से, क्रिस वोक्स, मार्क वुड।
खेल हुने समय र स्थानः ३:२५ बजे ओभल लन्डन