संकल्प मिडिया सेन्टरद्वारा संचालित

पहिलोपटक रंगशालाबाहिर गरियो विश्वकप उद्घाटन,

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

एजेन्सी/बिहिबारबाट सुरू हुने १२ औं एक दिवसिय क्रिकेट विश्वकपको बुधबार लण्डनमा उद्घाटन गरिएको छ।
प्रतियोगिताको लण्डन मल बाहिर उद्घाटन भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन रंगशालामा हुने गरेकोमा पहिलो पटक प्रतियोगिताको उद्घाटन रंगशाला बाहिर गरिएको हो।
विश्वभरबाट छनौट गरिएका ४ हजार व्यक्तिलाई भेला पारेर यसपटकको विश्वकप उद्घाटन गरियो।
Image result for queen elizabeth with cricket captains
उद्घाटनअघि विश्वकपमा सहभागी १० राष्ट्रका कप्तानहरूले बेलायतकी महारानी एलिजावेथसँग भेट गरेका थिए। भेटपछि १० कप्तानसँग महारानीले फोटोसमेत खिचाइन्।
Image result for cricket world cup 2019 inauguration ceremony
सन् १९९२ पछि पहिलोपटक राउण्ड रविनका आधारमा खेलाइन लागेको यस विश्वकपमा कुल ४८ खेल हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेल आयोजक इङ्ल्याण्ड र दक्षिण अप्रिकाबीच हुँदैछ।
Image result for cricket world cup 2019 inauguration ceremony