संकल्प मिडिया सेन्टरद्वारा संचालित

पहिरोले नारायणगढ–मुग्लिङ सडक अवरुद्ध

  •  
  •   २६ भाद्र २०७५, मंगलवार
  •  

नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ। पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो। सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन्।