संकल्प मिडिया सेन्टरद्वारा संचालित

पर्यटन विकास नै मेरो योजना र सपना। #पुरुषोत्तम अधिकारी

  •   काठमाडौं
  •   २२ बैशाख २०७९, बिहीबार
  •   त्रिबेणी

पनौती नगरपालिका -२ कुशादेबि निबर्तमान अध्यक्ष एबम  वडा अध्यक्षका उम्मेद्बार पुरुषोतम अधिकारी पनौती नगरपालिका भरिनै आफ्नो भिजन र योजनाबाट सबै माझ चिरपरिचित छन। खासगरि पनौती -२ भुगोल अनुरुप पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको हुदा अधिकारिले वडाका अरु विविध योजनामा पर्यटन  बिकासका योजना पनि सामेल गरेक छन। बिहाबर क्षेत्रलाई अन्तरास्ट्रिय क्षेत्रमानै परिचीत गराउने उदेश्य बोकेका अधिकारी आफ्नो कार्यकाल सफल पनि भएका छ्न। उनले पर्यटन विकासका थुप्रै योजनामा काम गरि पुरा गरेको र थप थुप्रै नया योजना पूरा गर्न बाकी रहेको बताएका छन।

अधिकारिले पनौतिको नागि क्षेत्रमा आकर्षक गार्डेनिङ गरि सिङ्गो नागी डाडालाइनै रंगिन र रोमान्चक बनाउने हेतुले बिदेशी फुलको रोपाइ गरेका छन।उनले गुर्दुम डाडामा प्याराग्लाइडिङ्को सुरुवातपनि गरे जस्लाइ निरन्तरता दिन स्थानीय ३ युवकलाई तालिम लिन पनि पठाएका छन।साथै उनले पर्यटन बिकासका लागि  पहिलो कुशादेवि महोत्सव जसलाइ पर्यटन बर्ष २०२०भनी सुरुवात पनि गरेका थिए ।

हालसालै उन्कै नेतृत्वमा फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल बनाइ नेपाल ,  क्यानाडा र भारतका करिब २०० राइडर सहित  साइकिलिङ गराएका थिए ।  छ किलोमिटर दूरी रहेको उक्त साकिलिङ ट्रेल रुटमा खेल सञ्चालन गर्न पाइनेछ । “सो  गन्तव्य साइकिलिङका लागि खुला भएको  र , यसका लागि पर्यटन बोर्डले प्रचारमा समेत ल्याइसकेको छ।

त्यसैगरी उक्त ट्रेल हाइकिङका लागि पनि उपयुक्त रहेकाले राजधानी नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नगरप्रमुख भीम न्यौपानले बताउनु भएको छ ।

उनले पर्यटनबिकासकै क्रममा कुशादेबिमा रक क्लाइमिङको परिक्षणपनि सुरु गरिसकेका छन् ।उनले पर्यटन संगै युवा सरोजगारका लागि नागी डाडामा होटेल सहितको टावर निर्माणकालागि थालनी गरेका छन । जहाँ करिब १५ वटा होटेल तथा क्याफे निर्माणको योजना रहेको अधिकारीको भनाइ छ।

अधिकारी भन्छन् बिहाबर क्षेत्रलाइ पर्यटनमय बनाउनु मेरो सपना हो र यो सपना पूरा गर्न थुप्रै योजनाको थालनी भैसकेको छ र आगामी दिनमा यो भन्दा बढी योजना सहित काम तिब्रता हुने उनको प्रतिबद्धता भएको उनले बताए ।