नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) र राष्ट्रिय युवा सङ नेपाल भुम्लु गाउँपालिका वडा न. १ सापिङको वडा भेला सम्पन्न भएको छ।
वडा भेला बाट नेकपा भुम्लु -१ सापिङको वडा कमिटी र राष्ट्रिय युवा सङ भुम्लु -१ सापिङको वडा कमिटी समेत गठन गरिएको हो।
नेकपा केन्द्रिय सदस्य क. रिता ढकाल (धरिना)को प्रमुख अतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो।
उक्त वडा भेलामा अतिथिहरुमा जिल्ला नेताहरु क. इन्द्र तामाङ क. जनार्दन अधिकारी क. प्रेम लामा क. कृष्णमान लामा क. टिकाराम लामा क. प्रमान लामा क. नकुल पराजुली क. छत्र श्रेष्ठ सहितको उपस्थिति थियोे ।
भुम्लु -१ सापिङको वडा भेलाबाट सर्वसहमत संयोजकमा क. बिष्णु लामा, सह-संयोजकमा क. गणेश बुढाथोकी, सचीवमा क. सिताराम ढुंगाना, सह-सचिवमा नविना गिरी सहित ३५ सदस्यीय नेकपा वडा कमिटी गठन सप्पन्न भएको हो ।
सोहि दिन आज भुम्लु -१ मा राष्ट्रिय युवा संघ नेपाल भुम्लु -१ वडा कमिटी पनि गठन भएको र सर्व सहमत संयोजकमा क. भिम बहादुर तामाङ सह-संयोजकमा क. दीपक श्रेष्ठ सचीवमा सुमन भारती सह- सचीवमा क. नविना गिरी सहित १९ सदस्यीय युवा संघ वडा कमिटी गठन भएको हो ।