संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाल एयरलाइन्सको दिल्ली उडानमा हेलचक्र्याइँ, 'पार्किङ वे'मा गर्नुपर्ने काम 'ट्याक्सी वे'मा

  •  
  •   २६ जेष्ठ २०७६, आईतवार
  •  

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडान गर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको एयरबस ३२०-२०० जहाजमा चालकदलका सदस्यले हेलचक्र्याइँ गरेको खुल्न आएको छ। एयरलाइन्सको फ्लाइट नम्बर २०५ को उडानमा आइपी (प्रशिक्षक पाइलट) मोहमद घानी र को-पाइलट उद्धव घिमिरेले हेलचक्रयाइँ गरेको हुन्। सो जहाजले अहिले दिल्ली उडान गरिसकेको छ।
जहाज ‘पार्किङ वे’बाट उडानका लागि ‘ट्याक्सी वे’ हुँदै ‘रन वे’तर्फ जानुभन्दा पहिले गर्नै पर्ने प्रक्रिया (चेक लिस्ट) पूरा नगरी उनीहरुले पार्किङ वेबाट जहाज ‘पुस ब्याक’ गरेका थिए। पुस ब्याक गरी जहाज उडानका लागि ट्याक्सी वे हुँदै रनवेतर्फ जाँदै गर्दा मात्रै पार्किङ वेमा नै पूरा गर्नै पर्ने आइआरएस (जहाजको सबै सिस्टम ठीक भए/नभएको देखाउने कम्प्युटर डाटाबेस प्रणाली) अन नभएको थाहा पाएका थिए।
आइआरएस अन नभएको थाहा भएपछि चालकदलका सदस्यले जहाजलाई ट्याक्सी वेमा नै रोकेर अन गरेको थिए। यो प्रक्रिया नेपाल एयरलाइन्सको अपरेसन म्यानुअल विपरीत छ। अप्रेसन म्यानुअलमा इन्जिन सुरु भइसकेपछि आइआरएस गर्न मिल्दैन। #नेपाल लाइभ डटकमबाट साभार