संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाली क्रिकेट टोलीलाई सरकारले दियो जनही ५ लाख

  •  
  •   १९ बैशाख २०७६, बिहीबार
  •  

१९ वैशाख, काठमाडौं । सरकारले पहिलो पटक एकदिवसीय सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५ लाख दिएको छ ।
फागुनमा भएको यूएईविरुद्धको तीन एकदिवसीय र टी-२० सिरिज नेपालले जितेको थियो । बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, राखेप सदस्य सचिव केशव विष्ट लगायतले खेलाडीहरुलाई चेक हस्तान्तरण गरे ।