संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपालले अाज नेदरल्यान्डस् सँग दोस्रो एक दिवशिय क्रिकेट खैल्दै

  •  
  •   १८ श्रावण २०७५, शुक्रबार
  •  

 साउन, १८ काठमाडौं । नेपाली खेलकुदका लागि एक दिवशिय क्रिकेट एउटा ऐतिहासिक अवसर हो । नेपाली क्रिकेट टोलीले आज आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एक दिवशिय क्रिकेट खेलमा डेब्यु गर्दैछ । आजको खेललाई लिएर नेपाली कप्तान पारस खड्का निकै उत्साहित देखिएका छन् । आजको दोस्रो खेल जित्दै त्यसलाई थप स्मरणिय बनाउन आफुहरु उत्साहित रहेको कप्तान खड्काले बताएका छन् । उनको भनाइका अनुसार नेपालले चार वर्षका लागि पाएको ओडीआई स्टेटस मात्रै ठूलो कुरा होइन, अब यहाँबाट कहाँसम्म पुग्ने लक्ष्य निर्धारण गर्ने ठूलो कुरा रहेको संकेत गरेका छन् । नेपाल एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २७ औं मुलुक बनेको छ । यसअघि, ओडीआई स्टेटस पाएका केन्या, पपुवा न्यूगिनी अहिले त्यो स्तरबाट तल झरिसकेका छन् । कतै चारवर्षपछि नेपालको अवस्था पनि त्यहि त हुने होइन भन्नेमा पारसको चिन्ता छ । अन्तर्राष्ट्रिय क्रिकेटका लागि एउटा गतिलो रंगशाला र संरचना समेत नभएको देशलाइ यहाँसम्म पुर्‍याउन नेपाली क्रिकेट खेलाडीको योगदान अतुलनिय छ । अब ओडीआई स्टेटस जोगाउन मैदान बाहिर यस्तै शसक्त खेल खेल्ने बेला नेपाली क्रिकेट पदाधिकारीको हो । तर क्रिकेट एशोसिएसन अफ नेपाल क्यान निलम्बनमा परेको अवस्थामा क्रिकेट पदाधिकारी नै तितरवितर छन् । यस्तो स्थितीमा मैदान भित्र नेपाली क्रिकेट खेलाडीबाट कस्तो अपेक्षा राख्ने ? नेपालले नेदरल्याण्ड्सविरुद्ध अाज दोस्रो एकदिवशिय खेल खेल्दै छ । कप्तान खड्काले नेपाली क्रिकेट फ्यानहरुको अपेक्षा निकै ठूलो भएकाले यी पहिलो खेल हारेपनि दोस्रो खेलमा राम्रो खेल्न निकै दवाव रहेको बताएका छन् । तर अहिलेसम्मको मिहेनत यो खेलमा लगाउने खड्काले बताएका छन् । अाजको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा शुरु हुनेछ । उक्त खेल कान्तिपुर टेलिभिजनमा लाईभ हेर्न सकिनेछ ।