त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

नेपालको इतिहासकै सबैभन्दा धेरै पटक सरकार ढाल्न गुट बैठक प्रचण्ड निवासमा

  •   काठमाडौं
  •   १९ पुष २०७७, आईतवार
  •   त्रिबेणी

आफू प्रधानमन्त्री बन्न र सरकार ढाल्न पुष्पकमल दाहालको नेतृत्वमा गुटको कतिवटा बैठक भयो ? यसको हिसाबकिताब राख्नुभएको रहेछ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ।

आइतबार राजधानीमा आयोजित अनेरास्ववियुको भेलामा ओलीले प्रचण्डका गुट भेलाको संख्या खुलाइदिनुभएको छ । गत बैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा पार्टी फुटाउने बैठक २८० वटा बसेको जानकारी ओलीले दिनुभयो ।

‘पार्टी फुटाउन जम्मा ३१५ बैठक बसेको रहेछ, त्योमध्ये २८० वटा खुमलटारमा बाँकी कोटेश्वरमा, अगेनाको डिलमा, अर्याल होटलमा, कहिले कसको घरमा बसेको रहेछ’– ओलीले भन्नुभयो ।

पार्टी फुटाउने, सरकार ढाल्ने, सरकारलाई बदनाम गर्ने, प्रधानमन्त्रीलाई आरोपित र लाञ्छित गर्ने, कम्युनिष्ट पार्टीको छाला काड्ने उद्देश्यले ती बेठक आयोजना गरिएको प्रधानमन्त्री ओलीले खुलाउनुभयो ।

थप