संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेदरल्याण्ड संग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा !

  •  
  •   १ श्रावण २०७५, मंगलवार
  •  

 
एमसिसी र नेदरल्यान्ड्सविरुद्धका विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
आज अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल ईस्लाम, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र नेपाली टिमका कप्तान पारस खड्का सहितको छनोट समितिले मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
३ बर्ष पछाडी सुवास खकुरेलले नेपाली 6f]लिमा सुखद पुनरागमन गरेका छन् । नेपाली टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, दिपेन्द्र सिह ऐरी, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् । साथै रोहित कुमार पौडेल, करण केसी, आरिफ शेक, ललित नारायण राजबंशी, ललित सिह भण्डारी र सुवास खकुरेल समेत टोलीमा अटाएका छन् । त्यसैगरी बिनोद भण्डारी, प्रदीप ऐरी, सुनिल धमला र सुसन भारी बैकल्पिक खेलाडीमा छनोट गरिएको छ ।
नेपालले एमसिसी संग लर्ड्समा जुलाई २९ मा त्रिकोणात्मक सिरिज खेल्नेछ । नेपाल क्रिकेट संघ निलम्बनमा परेदेखी आईसीसीले नै अहिलेसम्म आफ्नो प्रतिनिधि पठाएर नेपाली राष्ट्रिय टोलीको छनोट गरिरहेको छ् । नेपाली राष्ट्रिय क्रिकेट टोलि बिहीबार ईङल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ् ।