त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

नेकपा काभ्रेका नेता गौतमको पहलमा क्यान्सर पीडित पुर्व जनमुक्ति सेनालाई सहयोग हस्तान्तरण !

  •   काठमाडौं
  •   १२ श्रावण २०७७, सोमबार
  •   त्रिबेणी

पुर्व जनमुक्ति सेनाका कमान्ड नैन बहादुर तामाङ (जमिन ) क्यान्सर रोगबाट पीडित भए पछी उहाँको जीवन रक्षाको लागि सहयोग संकलन अभियान संचालन भएको छ ।

काभ्रे नेकपाका नेता तथा पुर्व जनमुक्ति सेना बटालिएन कमान्डर बिनोद गौतमको नेतृत्वमा सहयोग संकलन अभियान सुरु गरि पहिलो चरणमा रु.७०,०००/- ( सत्तरी हजार रुपैया ) हस्तान्तरण भएको छ ।

उक्त सहयोग संकलन अभियानमा निर्माण व्यवसायी संघ काभ्रेको तर्फबाट २५,०००/- तुलसी नेपाल १०,०००/- उपेन्द्र घिसिङ १०,०००/- सुदिप गौतम ६,०००/- प्रदीप गौतम ५,०००/ प्रल्हाद चौलागाईं ५,०००/- राजेन्द्र भुर्तेल ४,०००/- सुवास गौतम ३,००० हरि अधिकारी १,०००/- बिनोद गौतम १,०००/- रुपैया सहयोग गर्नु भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सहयोग संकलन अभियान प्रमुख गौतमले जनमुक्ति सेनाको लागि राज्यले हेर्न पर्ने र त्यसको पहल कदमिको लागि सबैले लाग्नु पर्ने भनाई राख्नु भयो । साथै सहयोग अभियान निरन्तर चल्ने र सहयोगको लागि सम्पुर्णमा अपिल समेत गर्नु भएको थियो ।

थप