संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेकपाको जिल्ला अध्यक्ष बन्न काभ्रेका नेताहरुको दौडधुप सुरु

  •  
  •   ३१ श्रावण २०७५, बिहीबार
  •  

साउन ३१, काभ्रे । नेपाल कम्युनिस्ट पार्टीले भाद्र ५ गतेसम्म केन्द्र देखि जिल्ला सम्म पार्टीलाई एकीकृत गर्ने निर्णय गरेपछि काभ्रेमा पुर्व एमाले र पुर्व माअोवादी केन्द्रका नेताहरु जिल्ला अध्यक्ष बन्ने दौडधुपमा व्यस्त छन । जिल्ला अध्यक्ष लागि पुर्व राज्यमन्त्री देखि पुर्व सभासद सम्मले दावी गरेका छन । अध्यक्षका लागि एमालेबाट पुर्व सभासद रामहरि सुवेदी , जिल्ला सचिव नारायण पाण्डे र कुमार थापाले दावी गरेका छन भने माअोवादी बाट पुर्व राज्यमन्त्री सुर्य मान दोङ (लालध्वज) ले दावी गरेका छन ।
काभ्रेपलान्चोक जिल्ला कसको भागमा अध्यक्ष र सचिव भन्ने टुङ्गो नलागेको हुनाले दुवै पार्टीका नेताहरूले जिल्ला अध्यक्षका लागि लबिङ गरिरहेका छन । एमाले निकट स्रोतका अनुसार काभ्रेमा जिल्ला अध्यक्ष एमालेको भागमा रहने छ । एमालेले जिल्ला अध्यक्ष पाउँदा रामहरि सुवेदी र नारायण पाण्डे बिच प्रतिस्पर्धा हुने देखिन्छ । रामहरि सुवेदीको सम्भावना बलियो देखिएको र उनी अध्यक्ष हुदा दुवै पार्टीलाई स्विकार्य हुने नेकपाका जिल्ला नेताहरुले बताएका छन ।