संकल्प मिडिया सेन्टरद्वारा संचालित

निर्माणाधिन घरमा डिजाईन गरियो नेपालको ठूलो झण्डा ! कसले बनायो यस्तो अनौठो घर ?

  •  
  •   १५ श्रावण २०७५, मंगलवार
  •  

ईटहरी । सबैको मनमा हुन्छ प्रतिष्पर्धी बजारमा आफुपनि केहि नयाँ र नौलो काम गरौ अनि सबै माझ परिचित बनौं । तर कति यस्ता पनि हुन्छन कि देशको नाममा केही गरौ अनि आफ्नो ठाउँलाई सबैतिर चिनाउन लागि परौं ।
हामीले आज त्यस्तै एक बिषय भेटेका छौ, जुन तपाईलाई हेर्दा र सुन्दा गर्व लाग्छ । प्रदेश नम्बर १ को मुख्य शहर ईटहरीमा एक नयाँ भवन बन्दैछ, नयाँ भवन बन्नु कुनै नौलो कुरा पक्कै हैन तर त्यो भवनको अघिल्लो पट्टि निकै ठुलो नेपालको राष्ट्रिय झण्डाको नक्सालाई मेहनतको साथ राखिएको छ !
तर यो चित्र कोरिएको भने पक्कै हैन । आफ्नो ठाउ र देशलाई चिनाउ अनि सम्मान गरौ भन्ने उद्देश्य सहित यस्तो किसिमको सोच आएको उक्त झण्डा राखिएको घरधनि खेमराज घिमिरे बताउछन् ।
उक्त झण्डालाई घर अगाडि राख्नलाई सुरुमा त नेपालको ठुला कालिगडले पनि नसक्ने बताए । अन्तमा एक महिनाको प्रयास पछि यसरी नेपालको झण्डालाई घरमा यस्तो स्वरुप दिन सकिएको उनले सुनाए । १० बर्ष पहिले देखिको आफ्नो सोच अहिले आएर पुरा भएकोमा घिमिरे मक्ख छन् ।
हेरौ घरको बिशेषता र घरधनि संग यस बिषयमा गरिएको महत्त्वपूर्ण कुराकानी तलको भिडियोमा