संकल्प मिडिया सेन्टरद्वारा संचालित

निर्मला पन्त काण्ड – कञ्चनपुरमा गोली चल्यो, प्रदर्शनकारी घाइते

  •  
  •   ७ भाद्र २०७५, बिहीबार
  •  

त्रिवेणी खबर, भाद्र ७/ कञ्चनपुरमा बिहीबार गोलि चलेको छ ।
चार दिनदेखि प्रदर्शन भइरेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदर्शनकारी र प्रहरी बिच झडपको स्थीति सिर्जना भए सँगै गोली चलेको हो । गोली चल्दा सात जना घाइते भएका छन् ।
एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ । घाइतेलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ ।
१३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो।
महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको थियो।
बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो। आन्दोलन नेतृत्वबिहीन हुँदा उग्र बनिरहेको छ।