संकल्प मिडिया सेन्टरद्वारा संचालित

नागरिकता किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

  •   काठमाडौं
  •   १५ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी

नागरिकता किर्ते मुद्धाका फरार प्रतिवादी लक्ष्मीपुर पतारी गाउँपालिका–५ बस्ने ५३ वर्षीय रामलोचन यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, मध्यपुर ठिमी नगरपालिका–८ वोडेस्थित सोम मगरको घरमा जु’वाता’स खेलिरहेको अवस्था सोही ठाउँ बस्ने ३४ वर्षीय टंक मगर सहित ४ जनालाई ३ बुक तास र नगद ३४ हजार ५ सय ७५ रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यो पनि, नवलपरासी (पश्चिम) मा संगठित अप,राध मुद्धाका फरार सुनवल नगरपालिका–११ जर्गाह बस्ने ४८ वर्षीय आत्मराम आचार्यलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

२०७५ फागुन २९ गते राति सरावल गाउँपालिका-१ तुलसीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेका ना.५ ख ७७४१ र ना.४ ख ६८२५ नम्बरको ट्रक तथा २०७६ साउन १६ गते बर्दघाट नगरपालिका-१३ स्थित एनसेल टावरमा बि,स्फोट तथा आगजनी गरेको संगठित अप,राध मुद्धामा आचार्य फरार रहेका थिए ।

विशेष सूचनाको आधारमा अस्थाई प्रहरी बिट भुमहीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बाटोमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी आचार्यलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।