संकल्प मिडिया सेन्टरद्वारा संचालित

नडाल र फेडेरर वार्टरफाइनलमा

  •  
  •   २० जेष्ठ २०७६, सोमबार
  •  

एजेन्सी/टेनिस सुपर स्टार राफेल नाडाल र रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतार राति भएको खेलमा दोस्रो बरियताका खेलाडी नाडालले अर्जेन्टिनाका जुवान लोन्डेरोलाई ३–० को सोझो सेटमा हराए ।
नाडालले जुवान लोन्डेरोमाथि ६–२, ६–३ र ६–३ को जित निकालेका थिए । अर्को खेलमा तेस्रो बरियतामा स्वीडिस स्टार रोजर फेडेररले अर्जेन्टिनाकै मेयरलाई  ३–० को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् । मेयरले ६–२, ६–३ र ६–३ को सहज जित निकालेका थिए ।
यसैगरी महिलातर्फ स्टेन वारिन्काले सिट्सीपासमाथि ७–६, ५–७, ६–४, ३–६ र ८–६ को जित निकाल्दै क्वार्टरफाइनलमा पेगेकी छन् । अर्को खेलमा जोहान कोन्टाले डोना भेकिकलाई ६–२ र ६–४ को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाईन् ।