त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

धु न.पा वडा .न २ स्थित सिस्नेखोला सिंचाइ योजना शिलान्यास कार्यक्रम सम्पन्न

  •   काभ्रे
  •   ४ माघ २०७७, आईतवार
  •   सबिन घिमिरे

धुलिखेल न.पा वडा .न २ स्थित सिस्नेखोला सिंचाइ योजना शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
शिलान्यास धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु,सिंचाइ डिभिजन प्रमुख आक्ष्य गोपाल श्रेष्ठ  र २ न. वडा अध्यक्ष देबि प्रसाद कोइरालाको हात बाट सम्पन्न भएको हो।

जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय धुलिखेल अन्तर्गत ७५ हेक्टर जमीनका लागि एकाइस  लाख उनान्नब्बे हजार बजेट उक्त योजनाका लागि बिनियोजन भएको छ ।

उक्त योजना लागु भएपस्चात बारै महिना पन्ध्र सय रोपनीमा निरन्तर सिंचाइको व्यवस्था हुने आकलन गरिएको छ ।

थप