त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

देशभर कोरोनाबाट १९ को मृत्यु, मृतक संख्या ६९४ पुग्यो

  •   काठमाडौं
  •   २९ आश्विन २०७७, बिहीबार
  •   त्रिबेणी

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १९ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । अहिले देशभर आइसीयूमा ३१४ र भेन्टीलेटरमा ६८ जना उपचाररत छन् ।