संकल्प मिडिया सेन्टरद्वारा संचालित

देउसी गाउँदै शक्ति केन्द्र धाउदै, प्रचण्ड निवासमा पुगे कामु प्रधानन्यायाधीश जोशी

  •  
  •   १५ श्रावण २०७५, मंगलवार
  •  

१५ साउन बुधबार संसदीय समितिले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका कायममुकायम प्रमुख दिपकराज जोशीलाई अनुुमोदन गर्ने किन नगर्ने भन्ने निर्णय गर्दैछ । निर्णयका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निर्देशन सांसदहरूका लागि अहम् र अन्तिम बनिरहेको छ ।
यसलाई न्यायालयमा राजनीतिक हस्तक्षेप भनी मुख्य विपक्षी नेपाली कांग्रेस र जोशीको सचिवालयले पनि भनिसकेको छ । तर, राजनीतिक हस्तक्षेप हुन्छ भन्ने विषयमा जोशी जानकार भएको घटना केही महिना अघिकै हो । उनको नियुक्ति लम्बिन थालेपछि राजनीति भेटमा उनी आफैं सक्रिय भएका थिए । जसको परिणाम संसदीय समितिमा उनका विपक्षमा बहुमत सांसद देखिने निश्चितजस्तो छ ।
सरकारको एउटा मुख्य घटक रहेको तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न जाँदा नै जोशीले माइन्डमेकप गरेका थिए की समस्या आउँदैछ । उनलाई पूर्वएमालेका नेताले अनुमोदन नगर्ने छनक त्यसबेला नै दिएका थिए । त्यसको प्रतिरक्षाका लागि प्रचण्डको साहरा खोज्दै जोशी खुमलटार पुगेका थिए । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीका उत्तराधिकारीका रूपमा जोशीलाई बुझिन्छ ।
जोशीको सुनुवाई मिलाउनका लागि प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध राख्ने केही क्यासिनो ठेकेदार पनि सक्रिय रहेको बताइन्छ । तर सरकार र सांसदविरुद्ध केसीले देखाउन थालेको हर्कतले उनको नियुक्ति सम्भव नहुने उच्च स्रोतले बतायो ।
‘यो प्रक्रिया लम्बिनुको कारण नेकपाको अलमल होइन, जोशी को हर्कत हो । निर्णय आश्चर्यजनक आउन सक्छ’, जोशी दुई तिहाईले फ्याँकिनसक्ने संकेत गर्दै सुनुवाई समितिका एक सांसदले भने,‘उनले सार्वभौम संसदको समितिका प्रश्नको उचित जवाफ दिएनन् त्यतिमात्र होइन चुनौति समेत दिन थाले ।’
एकीकरण घोषणापूर्व नै उनी तत्कालिन माओवादी तथा नेकपाका हालका अध्यक्ष प्रचण्डलाई भेट्नका लागि खुमलटार पुगेको विरोध पनि उनका लागि घातक भयो । उनले व्यक्तिगत र पारिवारिक भेट भने पनि एमालेबाट जोगाएर प्रधानन्यायाधीश बनाउनका निम्ति अग्रसर बन्न प्रचण्डलाई आग्रह गरेका थिए । जसको तिब्र आलोचना भएको थियो ।
न्यायपालीकाका एक जिम्मेबार व्यक्तिले राजनीतिक भेट गर्नहुन्न भन्ने सामान्य ज्ञान उनलाई नभएको होइन । तर संसदमा दुई तिहाई र संसदीय समितिमा समेत बलियो रहेको नेकपाभित्रका पूर्वएमाले रिझाउन उनलाई कठिन थियो ।
भारतको सुप्रिम कोर्टका मुख्य न्यायाधीश दीपक मिश्राले दलका नेतासँग भेटघाट गरेपछि महाअभियोगको सामना गरेकै बेला प्रचण्डनिवासमा जोशीको प्रवेश भएको थियो । त्यसो त सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप हुँदा उनको मौनतालाई पनि पूर्वएमाले सांसदले ‘इगो’ बनाएका छन् । जोशी पराजुलीका पक्षमा निर्धक्क बोलेका थिए । त्यसैले भित्रभित्रै उनलाई राजीनामाका लागि दबाब पनि थियो ।
तात्कालीन प्रधानन्यायाधीश पराजुलीलाई न्ययापरिषदको सचिवले पदमुक्त गरेपछि दीपकराज जोशी कायम मुकायम प्रधानन्यायाधीश बनेका थिए ।
जोशीका पक्षमा नेपाली कांग्रेसले खुलेर समर्थन जनाइरहेको मात्र छैन, सकडमा समेत नाराबाजी गरेको छ । यसले पनि उनको नियुुक्तिमा असर गरिरहेको छ । ‘जसलाई कांग्रेसले समर्थन गर्छ, उसका साना गल्ती पनि माफ नगर्नू’ भन्ने आदेश प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले दिइसकेका छन् ।
संविधानविद् भीमार्जुन आचार्यले भनेको थिए, ‘प्रधानन्यायाधीशको नियुक्तिको सिफारिसमा ढीला भइरहेका बेला नेता भेट्नु दुखद हो । नियुक्तिका लागि भन्दै हुनेवाला प्रधानन्यायाधीशले नै नेताको घरदैलो चाहर्नुपर्ने अवस्था आउनुले न्यायालयको गरिमा र स्वतन्त्रता कहाँ पुग्ने ?’
सुनुवाई समितिले जोशीलाई दुई तिहाईबाट अस्वीकृत गरे नेपालको इतिहासमा नै कुनै वरिष्ठतम् न्यायाधीश जसले कायममुकायमको जिम्मा समेत सम्हालेको छ उसको बहिर्गमनको घटना पहिलो हुनेछ । ‘यहाँ हरेक घटना पहिलो हुँदै जान्छ त्यसमा भन्दा पनि न्यायपालीका हाँक्ने प्रमुख व्यक्ति कस्तो हुनुपर्छ भन्ने सन्देश पनि दिन आवश्यक छ’, उच्च स्रोतले भन्यो,‘फैसला उनकै हर्कतको आधारमा हुनेछ ।’