संकल्प मिडिया सेन्टरद्वारा संचालित

दक्षिण एसियाकै नमूना सडक

  •  
  •   २८ श्रावण २०७५, सोमबार
  •  

 
साउन २८ काभ्रे

 मध्य तथा पूर्वी पहाडलाई काठमाडौँसँग जोड्ने एउटा वैकल्पिक सडक हो-वीपी राजमार्ग । यो सडक जापान सरकारले बनाएको हो । नेपालका बाँकी सडक भन्दा यो सडकको बनोट र इन्जिनियरिङ साँच्चिकै जापानले बनाएको भन्न लागयक छ । सडक साँघुरो र घुमाउरो भएकोले जोखिम उत्तिकै छ, तर त्यो भन्दा बढी यो सडकको बनोट र भौगोलिक सुन्दरताले यत्रुको मन चंगा बनाइदिन्छ । सन् २००५ बाट निर्माण सुरु भएको राजमार्ग १० वर्ष लगाएर २०१५ मा बनेको थियो । जापान सरकारले २६ अर्ब जापानी येन लागत लगाएर नेपालका लागि बनाएको सडक हो यो । १६० किलोमिटर लम्बाइको सडक नागबेली र मनमोहक छ । त्यसैले त यसलाई दक्षिण एशियाकै नमूना सडकको रूपमा लिइन्छ । यो सडकको राम्रो पक्ष भनेकै वातावरण मैत्री सडक हो । कतिसम्म भने बाटो खन्दा निस्केको माटोको पहिरो देखिएन, माटो कतै लगेर फालिएन, एकदमै व्यवस्थित ढंगले सडकमै माटो व्यवस्थापन गरिएको थियो । अर्को रोचक पक्ष के छ भने सडकमा पहिरो जान नदिन सडकको तलमाथिको जमिननै बाँधिएको छ । आकर्षक लाग्ने पर्खालले सडक छेउकिनारा टम्म बाँधिएको हुँदा सडकमा पहिरो खस्ने संभावना न्युन छ ।