संकल्प मिडिया सेन्टरद्वारा संचालित

थाइल्याण्डसँग पछि पर्दै शृङ्खला मिस वर्ल्डको टप १२ बाट बाहिरिन

  •  
  •   २२ मंसिर २०७५, शनिबार
  •  

काठमाडौँ, २२ मङ्सिर –मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको शीर्ष १२ बाट बाहिरिएकी छिन्  । चीनकाे सान्यामा जारी टप ५ काे प्रतिस्पर्धामा शृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजित हुँदै शीर्ष १२ बाट बाहिरिएकी हुन् ।
एशियाबाट मिस थाइल्याण्डले उत्कृष्ट ५ मा स्थान बनाउँदै नेपाली सुन्दरीको यात्रामा पूर्णविराम लगाइदिएका हुन् ।
मिस वर्ल्ड प्रतिस्पर्धाको घोषणासभामा १ सय २१ देशका सुन्दरी पुगेकोमध्येबाट छनोट भएका ५ जनाले अन्तिम चरणको प्रतिष्पर्धा  गरिरहेका छन्।
श्रृंखला ब्यूटी विथ पोर्पज अवार्ड जितेर टप ३० मा पुगेकी थिइन् । यस्तै उनले मल्टिमिडिया अवार्ड पनि जितेकी छन्।
 
 
 
 
 
श्रोतः चक्रपथ डटकम