संकल्प मिडिया सेन्टरद्वारा संचालित

त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते

  •  
  •   १२ श्रावण २०७५, शनिबार
  •  


काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते, घटनास्थलमा देखियो यस्तो भयानक दृश्य ! यी ५ फोटोमा हेर्नुहोस
काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।
ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार निधन हुनेमा दुई महिला र तीनजना पुरूष छन् ।२५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएकाे डिएसपी ढकाले बताए। ट्रकसँग ठाेक्किएर बस सडकदेखि लगभग १०० मिटर तल त्रिशुली नदी तर्फ खसेकाे छ।

घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खाेँचमा अड्केका कारण नदीमा पुग्नबाट राेकिएकाे हाे। उद्धारकार्य सकिएकाे प्रहरीले जानकारी दिएकाे छ।काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ठक्कर खाएको हो।