संकल्प मिडिया सेन्टरद्वारा संचालित

ठूलो मात्रामा डलर र युरोसहित विमानस्थलबाट २ जना पक्राउ

  •  
  •   २ बैशाख २०७६, सोमबार
  •  

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पोल्यान्डका नागरिक ठूलो मात्रामा डलर र युरोसहित  पक्राउ परेका छन्।
सोमबार बिहान ८ बजे कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट पोल्यान्ड जान लागेका माक्सी मिल्कन वेगलोब्स्की र आकुब स्टेकी पक्राउ परेका हुन्।
माक्सीको साथबाट प्रहरीले १३ हजार ६ सय अमेरिकन डलर, ५ हजार २ सय युरो, ५८ हजार नेपाली रुपैयाँ र आकुवको साथबाट ६ हजार १ सय डलर र ५ हजार युरो बरामद भएको हो।
अन्तरराष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।