त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

तेमाल गाउँपालिका प्रमुख भए तानाशाही बजेट पचाउन आफ्नो आसेपासेकाे उपभोक्ता समिति

  •   तेमाल
  •   १७ फाल्गुन २०७७, सोमबार
  •   त्रिबेणी

तेमाल गाउँपालिका प्रमुख सलाम सिङ  तामाङद्वारा  एकलौटी ढंगले जनतालाई सूचना नगराई उपभोक्त समिति गठन गरेकाले यतिबेला उनि  तेमालका जनताको बिरोधको तारो बनेका छ्न।

आर्थिक बर्ष २०७७/०७८ को विनियोजन भएको ८० लाख बजेट अन्तर्गत  बोहोरे दोवान ठुलो पर्सेल तिमिरार सडक मर्मत सम्भारका निमित्त  प्रभावित सबै क्षेत्रका उपभोक्तालाई नसमेटि एकलौटी ढंगले जनतालाई सूचना नगराई उपभोक्ता समिति  गठन गरेपछि तेमालका जनताले गाउँपालिका प्रमुखको मनोमानीको बिरोध एवम् भण्डाफोर गरेका छ्न।

  1. तेमाल गा.पा वडा न. ५ का गाउँपालिका प्रमुखका केहि नजिकका व्यक्तिलाई लिएर उपभोक्त कमिटी गठन गरिएको तर अन्य वडाका प्रभावित उपभोक्तलाई  नसमेटिएकोले  समिति गठनमा प्रभावित क्षेत्र कल्लेरिपाख, खहरेधार , चुखोवसि ,सरमथलि का जनताले संयुक्त रुपमा  फागुन ११ गते गाउँपालिका प्रमुखको निन्दनीय कार्यको  संघर्ष समितिनै गठन गरेर बिरोध गरेका थिए  र सोहो संघर्ष समितिको तर्फ बाट एकलौटी ढंगले गठन गरेको उक्त  उपभोक्ता समिति खारेज गरि सम्पुर्ण  प्रभावित क्षेत्रका उपभोक्तालाई समेटि नयाँ उपभोक्ता समिति गठन गर्नका निमित्त सहयोग  र गाउँपालिका प्रमुखले गरेको  जनता माथीको अन्यायको न्याय पाउ भनि उक्त संघर्ष समितिले सम्पुर्ण प्रभावित जनताको हस्ताक्षर सङ्कलन गरि तेमाल न्यायीक समितिलाई निवेदन पेश  गरेको छ।

तेसैगरि तेमालको प्रभावित वडा मध्य वडा न. १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठले पनि गा.पा प्रमुखले  जनताको हित बिपरित गरेको उक्त  एकलौटी निर्णयको विरुद्धमा न्यायीक समितिमा आफ्नो वडाको तर्फ बाट एकलौटी समितिलाई खारेज गरि सम्पुर्ण प्रभावित वडालाई समेटने गरि समिति गठन गर्न सहयोगका निमित्त  उजुरी पेश गरेका छन।

थप