संकल्प मिडिया सेन्टरद्वारा संचालित

तीन नम्बर प्रदेशसभाका सदस्यलाई नायब सुब्बा तहको स्वकीय सचिव

  •  
  •   ६ भाद्र २०७५, बुधबार
  •  

भाद्र ६, काभ्रे । प्रदेश नम्बर ३ का प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव रहने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएकाे छ । प्रतिवेदनसहित विधेयक पास भएपछि विधेयकमा उल्लेख भएका सेवासुविधा शपथग्रहण गरेको मितिबाट लागु हुने भएको छ । प्रदेशमा एकसय नौंजना प्रदेशसभा सदस्य छन् । प्रदेश मामिला समितिले असार ४ गते निर्णय गरेर सबै प्रदेशसभा सदस्यलाई शाखा अधिकृत तहको स्वकीय सचिव र सबै पदाधिकारीलाई गाडी र इन्धन सुविधा दिने प्रावधानसहित प्रतिवेदन सभामुखलाई दिएको थियो । ‘प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गत शुक्रबार प्रदेशसभा बैठकबाट पारित भएको छ । मर्यादाक्रम नटुंगिकन सबै सांसद्लाई अधिकृत तहको स्वकीय सचिव दिने कुरामा सरकार सकारात्मक नभएका कारण पुनः छलफलका लागि समितिमा पठाइएको थियो । यसअघि अधिकृत तहको प्रस्ताव गरेर प्रतिवेदन बने पनि सरकार सकारात्मक नभएपछि पुनः समितिमा पठाइएको प्रतिवेदन संशोधन भएर पेस भएपछि प्रदेशसभाबाट पारित भएको हो ।