संकल्प मिडिया सेन्टरद्वारा संचालित

तस्करीको १५ सय किलो मरिच र गाडीसहित १ जना पक्राउ

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

राजविराज- अवैद्य रुपमा भारत निकासी हुँदै गरको १ हजार ५ सय किलो मरिचसहित १ जनालाई सप्तरीमा प्रहरीले पक्राउ गरेको छ।
सुनसरीबाट प्रवेश गरी सप्तरीको छिन्नमस्ता हुँदै भारत निकासी हुन लागेका मरिच हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित सरिफ रहमानको कवाडी पसलबाट नियन्त्रणमा लिइएको हो।
मरिच बोकेको स १ ज ४४८ नम्बरको मिनि ट्रकका चालक सप्तरीको रुपनी गाउँपालिका-१ का भुपेन्द्र प्रसाद शर्मालाई प्रहरीले नियन्त्रण गरेको छ।
सोमबार साँझ ८:३८ मा भारदह प्रवेश गरेको ट्रक प्रहरीको निगरानीपछि रातभर पूर्व-पश्चिम राजमार्ग तथा आसपासका सहायक मार्गमा ओहोरदोहोर गरेर सोमबार करिब १ वजे पुनः भारदह पुगेको थियो।
प्रहरीले पिछा गरेको जानकारीपछि कवाडी पसलमा मरिच अनलोड गरेर भाग्ने क्रममा करिव १८ घन्टा पिछा गरेर गाडी र चालक नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर प्रतिक विष्टले जानकारी दिए।
मरिच, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।
यसअघि गत वैशाख ६ गते पनि प्रहरीले २ हजार ५ सय किलो मरिच बोकेको को १ च ९०३९ नम्बरको पिकअप तथा चालक सुनसरीको छिटाहा ६ का २८ वर्षीय सुन्दरलाई छिन्नमस्ता गाउँपालिका-३ स्थित नेपाल-भारत सिमा क्षेत्रबाट पक्राउ गरेको थियो।
दुवै घट्नामा एकै व्यक्तिको संलग्ता हुनसक्ने आशंकाका आधारमा आवश्यक अनुसन्धान भईरहेको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए।