संकल्प मिडिया सेन्टरद्वारा संचालित

तपाईं साच्चिकै महान हुनुहुन्छ डा. गोबिन्द केसि ज्यु।

  •  
  •   ७ श्रावण २०७५, सोमबार
  •  

तपाईं साच्चिकै महान हुनुहुन्छ डा. गोबिन्द केसि ज्यु। तपाईंको यो साहस लाई शिर झुकायर नमन गर्छु।
सायद तपाईं नै पहिलो र अन्तिम ब्यक्ती बन्नु हुन्छ होला जो नेपालको इतिहासमा धेरै चोटि धेरै समय १५ औ अनसन २३ औ दिनसम्म पनि निरन्तर सत्याग्रह बसेर देस र जनताको लागि आफ्नो प्राण दिन पनि तयार भयर कठोर अनसन बसिरहनु भयको छ।चिकित्सा शिक्षा सुधारको मागसहित तपाईंले जुम्ला बाट सुरु गर्नुभयको १५ औ अनसन अब तार्किक निस्कर्ष सहित समाधान हुनुपर्छ भन्ने हाम्रो पनि माग हो।डा।केसि ज्यु तपाईं साच्चिकै महान हुनुहुन्छ।तपाईंको त्यो महानतालाइ सम्मान गर्ने मजस्ता लाखौ नेपाली छ्न।

तपाईंको जायज मागहरु तुरुन्त सम्बोधन गरि तपाईंको अनसन को छिटो अन्त्यको कामना गर्दछौं। शिक्षा स्वास्थ जस्तो क्षेत्रमा मौलायका माफियाहरुको अनि जर्जर समस्याहरुको समाधान को लागि डा।केसि ज्यु तपाईं जस्ता हजारौ केसिहरु जन्मनु पर्छ।तपाईं एक्लाले जतिनै चोटि अनशन बसे पनि समस्या पार लाग्ने अबस्था छैन।हो चिकित्सा शिक्षा भित्र मौलायका कसिङ्गर हरु बढार्नु जरुरी छ अनि ती दुर दराजमा बस्ने नेपालीको पनि स्वास्थ र स्वास्थ शिक्षामा पहुँच पुग्नुपर्छ भन्ने तपाईं हामी सबैको धारणा हो।
सरकारको ध्यान तपाईंको माग सम्बोधन गर्न जतिसक्दो चाडो केन्दृत होस भन्ने हाम्रो पनि जोडदार माग हो। तर परिस्थितिले अर्कै रुप लियको छ। तपाईंलाई प्रयोग गरेर आफ्नो गुमेको राजनीतिक हैसियत फिर्ता हुन्छ कि भन्ने दाउमा केही राजनीतिक दल,स्वार्थ पुर्तिको लागि केही समूह अनि ब्यक्तिहरु च्याखे दाउ छोपेर बसेका छ्न।हिजो तिनै सरकारमा हुदा केसि मरेपनी मरोस भन्नेहरु आज कुन नैतिकता र आदर्श ले तपाईंको को आन्दोलनमा ऐक्यबद्धता जनाउदै छ्न कुन मुख लियर तपाइलाइ भेट्न् जाँदै छ्न ।
यो भन्दा लाजमर्दो आदर्श अरु के हुन्छरुरुरुतपाईंले बुझ्नुपर्छ यो कुरा सरकार सङ्ग तपाईंको बार्ता टोलिले होइन तपाईं आफै स्वयं टेबल टल्क गर्नुपर्छ ।स्वार्थको दुनो आफुतिर सोझ्याउन धेरै उद्दत छन यहाँ।तपाइको स्वास्थ्य स्थितिको चिन्ता होइन यहाँ तपाईंको लासलाइ काधमा बोकेर इतिहासकै शक्तिशाली दुई तिहाइको सरकार ढलाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता छ अरुलाइ। यी र यस्ता प्रबृत्तिका स्वार्थ सङ्ग तपाईंको आन्दोलन जोडिन्जेल सम्म तपाईंले जतिनै चोटि अनसन बसेपनि उपलब्धि जिरो हुने निस्चित छ।
यहि सरकारले शिक्षामा निजीकरण गरेको जस्तो गरि जुन अफवाह फैलाइदै छ सरकारले कमजोर साबित गर्न जुन जुन हर्कत गरिदै छ यस्ले तपाईंको आन्दोलनलाई गलत बाटोतर्फ धकेल्दै छ।भोलि यो सरकारले निजि शिक्षण अस्पताल हरु रास्टृयकरण गर्ने साहस गर्यो भने अहिले तपाईंको आन्दोलनमा साथदिने काङ्ग्रेसिहरुलाइ १०४ जरो आउने निस्चित छ।अनि तपाईंको मागमा कतै पनि शिक्षामा रास्टृयकरण गरिनु पर्छ भन्ने कुरा त देखिदैन।नया कलेज हरुलाइ सम्बन्धन होइन भयका लाई राज्यले चलायो भने त यो नै देस र जनताको पक्षमा हुन्छ होला निरुरुअनि तपाईंको अनसन के गर्नुहुन्छ तपाईं