संकल्प मिडिया सेन्टरद्वारा संचालित

डा. केसीद्वारा स्वास्थ्यजाँच अस्वीकार

  •  
  •   ४ श्रावण २०७५, शुक्रबार
  •  

काठमाडौं । डा. गोविन्द केसीले अनसन शूरु गरेको आज २१ दिन बितेको छ । २१ दिनमा उनको शरीर शिथिल बनेको छ । अर्धचेत अवस्थामा पुगेका उनले आफ्नो स्वास्थ्य जाँच समेत अस्वीकार गरेका छन् । सरकारले माग पुरा गर्नुको सट्टा उल्टै बल प्रयोग गरेको भन्दै उनले अनसनलाई झनै कडा बनाउने निर्णय लिएका छन् । बिहीबार जुम्लामा सरकारको व्यवहारको विरोधमा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।
 
हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा। केसीले बिहीबार जुम्लामा सरकारले अस्पतालभित्रै गरेको आक्रमणको विरोधमा स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् । केसीले ब्लड प्रेसर नाप्न, मुटुको चाल नाप्नसमेत दिएका छैनन् । उनका सहयोगीका अनुसार बिहीबारपछि डा। केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिएको छैन । केसीले आफ्नो रगत जाँचको लागि नमुना झिक्न पनि नदिएका उनका सहयोगीले बताएका छन् । बिहीबार केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै प्रवेश गरी विद्यार्थी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।