संकल्प मिडिया सेन्टरद्वारा संचालित

डा. केसीको अनसनमा कांग्रेसको राजनीतिक गन्ध

  •  
  •   ३० असार २०७५, शनिबार
  •  

नेपाली कांग्रेसका नेता गगन थापाले धेरै मेडिकल कलेज भएर मात्र गुणस्तरीय नहुने बताएका छन् ।
गगन थापाले आफु मन्त्री हुँदा समेत डा केसी अनसन बस्दा उनका मागको सुनुवाई र स्वास्थ्य सुधारका क्षेत्रमा माखो मार्न नसके पनि अहिले सत्ता बाह्रीर हुँदा केसीको मुद्दालाई राजनीतिक हतियार बनाएर प्रधानमन्त्री तथा सरकारको बिरोध गर्दै सडकमा चर्का चर्का भाषण गर्न ब्यस्त छन् ।
शनिबार बानेश्वरमा डा.गोविन्द केसी बचाउ अभियानले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले मेडिकललाई यो पानी जहाज जस्तो होइन प्रधानमन्त्री माथी प्रश्न उठाए तर हिजो आफु स्वास्थ्य मन्त्री हुँदा केहि गर्न नसक्नेले चर्का भाषण लगाउनु नै उनीमाथि नै नैतिकताको प्रश्न उठ्न सक्छ ।
डा. केसीको अनसनमा कांग्रेसले स्वार्थको सन्धि गरेको संका जनमानसमा परेको छ । केसीको समर्थनमा भएको स्वतन्त्र दबाब कार्यक्रममा कांग्रेस नेताहरु भाषण गर्न पुग्नु र केसीले त्यसको बारेमा मुख नखोल्नु नै संकाको विषय बन्न पुगेको छ ।