संकल्प मिडिया सेन्टरद्वारा संचालित

डा. केसि ज्यु अनशन सकिएन अब त ?

  •  
  •   ९ श्रावण २०७५, बुधबार
  •  

हेमराज हुमागाई, काभ्रे । डा.गोविन्द के सि तपाईं जस्तो बौद्धिक व्यक्तिले नेपालको स्वास्थ्य क्षेत्रलाई कुन दिशामा लैजाँदै हुनुहुन्छ ? तपाईं नेपाल सरकारले ल्याउन लागेको चिकित्सा ऐनको विरोधमा अनशन बस्ने अनि देशभरका अस्पतालमा सेवा ठप्प बनाउने ।
तपाई नेपाली नागरिक अझ नेपाल सरकारको कर्मचारी भएर अाम जनताको मौलिक हक हनन गर्दै हुनुहुन्छ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक तथा कर्तव्य ,धारा ३५ स्वस्थ्य सम्बन्धि हकको उपधारा (१)“प्रत्येक नागरिकलाई राज्यबाट अाधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि अाकस्मिक स्वस्थ्य सेवाबाट वञ्चित गरिने छैन ।
संविधानमै उल्लेख भएको मौलिक हक स्वास्थ सेवा अत्यावश्यक सेवालाई ठप्प बनाउँदा तपाईंको अनशन सफल हुनि हो ? जसका कारण उपचार नपाएर अबोध बालबालिकाको मृत्यु हुन्छ । तपाईको अनशनले गर्दा हुनेखाने वर्गले निजी अस्पताल क्लिनिकमा उपचार पाउलान् तर गरिबीका लागि मृत्युको विकल्प छैन । डा. ज्यु तपाईंको अनशन के का लागि हो ? काठमाडौं दस बर्ष मेडिकल कलेज खोल्न बन्देज लगाउनु मात्र हो ।
दस बर्ष मेडिकल कलेजलाई सम्बन्धन नदिंदा काठमाडौंमा विद्यार्थी चाप अनुमान गर्नुपर्दैन । हाल संचालित मेडिकल कलेजले गरेका बह्मलुटको बारेमा किन बोल्नु हुन्न ? माथेमा प्रतिवेदन स्वतन्त्र रुपमा अाएको हो कि कतैबाट प्रायोजित भएर हो धेरै शंका गर्ने ठाउँ छन । माथेमा प्रतिवेदनमा १० बर्ष काठमान्डौमा कलेज खोल्न बन्देज गर भनिएको छ । हाल संचालित कलेजले नीजीकरणको नाममा सेन्डिकेट स्थापित गरेर नागरिक लुट्ने ? प्रतिबेदनको कुन बुदाले गुणस्तरको कुरा गर्छ । कुन बुँदाले बिदेश पढ्न जाने बिध्यार्थी रोक्ने उपाए बताउँछ। कुन बुँदाले बर्तमानमा मनपरि बिध्यार्थी लुट्ने कुरा रोक्ने उपाए दिएको छ? कुन बुँदाले गरीवका छोराछोरीलाइ मेडिकल शिक्षामा पहुच दिने कुरा गर्छ ? यी बिषय र मागहरु अनशनका माग किन हुन सकेनन डा.ज्यु ? अर्कोतर्फ डा.केसिका माग पूरा हुनुपर्छ भनेर प्रदर्शन गर्ने मानवअधिकारवादि व्यक्ति, संघसंस्थाहरु तिनै डाक्टरहरूले अस्पतालका सेवा बन्द किन चुप बस्छन ।
मानवअधिकारवादि पनि डोनर भेटिएपछि मात्रै बोल्ने हो र । अस्पतालमा सेवा नपाएर जनताको मृत्युु हुदा मानवअधिकारवादी हरुले देखेका छैनन । सरकार र डा.केसि लचकता भएर वार्ता र सहमतिमा यो समस्या केही क्षणमै समाधान गर्न सकिन्छ ।