संकल्प मिडिया सेन्टरद्वारा संचालित

डर्टमण्डको हार

  •   काठमाडौ
  •   १५ भाद्र २०७६, आईतवार
  •   एजेन्सी

जर्मन बुन्डेस लिगा फुटबल बोरुसिया डर्टमण्ड पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई युनियन बर्लीनले ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बर्लीनलाई जित दिलाउन मारीउस बुल्टरले दुई गोल गरे । यस्तै सेबस्टाईन एण्डरसनले एक गोल थपे । डर्टमण्डको पाको अल्कासरले एक गोल फर्काए ।

बर्लीनसँगको हारसँगै डर्टमण्डले लिगमा पहिलो हार व्यहोरेको छ । डर्टमण्डले ३ खेलमा ६ अंक जोडेको छ । बर्लीनको यो पहिलो जित हो ।